+
+
Shares

कपनको एक घरमा आगलागीमा परेर १८ वर्षीय महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २० गते १९:५६

२० चैत, काठमाडौं । काठमाडौं महानगरपालिका–६ कपनस्थित तेन्जिङचोकमा आगलागीमा परेर एक महिलाको मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–२ घर भएकी १८ वर्षीया मुमेन तामाङको आगलागीमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

तामाङ तेन्जिङचोकस्थित राजेश चन्द्र गिरीको घरमा डेरा गरेर बस्ने गरेकी थिइन् ।

बुधबार साँझ करिब साढे ५ बजेको समयमा उनको कोठामा आगलागी भएको थियो । लगत्तै उनलाई उद्धार गरेर प्रहरीले उपचारका लागि चाबहीलस्थित ओम अस्पताल पुर्‍याएको थियो ।

उपचारको क्रममा उनको ६ बजेर २० मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त घरमा लागेको आगो नियन्त्रणमा आइसकेको छ । आगलागीको कारण खुलिसकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?