+
+
Shares

मकवानपुरमा वनको आगो बस्तीमा सल्किँदा एक घरमा क्षति

मकवानपुरको राक्सिराङमा जंगलमा लागेको डढेलो बस्तीमा पस्दा एक घर जलेर क्षति भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २२ गते १५:०१
प्रतीकात्मक तस्वीर

२२ चैत, काठमाडौं । मकवानपुरको राक्सिराङमा जंगलमा लागेको डढेलो बस्तीमा पस्दा एक घर जलेर क्षति भएको छ ।

मकवानपुर प्रहरीका अनुसार राक्सिराङ गाउँपालिका-४ तार्सिकोट रेना स्थित जंगलमा लागेको डढेलो बस्ती पस्दा रामबहादुर थिङको घर जलेर क्षति भएको हो ।

शुक्रबार तार्सिकोट रेनास्थित जंगलमा लागेको आगोको झिल्को हावाहुरीले उडाएर ल्याउँदा रामबहादुरको खरले छाएको काठको घर जलेर क्षति भएको हो ।

आगलागीबाट रामबहादुरको घरमा रहेको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा लगायत सामान जल्दा झन्डै डेढ लाख रुपैयाँ बराबरको क्षति पुगेको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरी, स्थानीय लगायतको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?