प्रतीकात्मक तस्वीर
२२ चैत, काठमाडौं । मकवानपुरको राक्सिराङमा जंगलमा लागेको डढेलो बस्तीमा पस्दा एक घर जलेर क्षति भएको छ ।
मकवानपुर प्रहरीका अनुसार राक्सिराङ गाउँपालिका-४ तार्सिकोट रेना स्थित जंगलमा लागेको डढेलो बस्ती पस्दा रामबहादुर थिङको घर जलेर क्षति भएको हो ।
शुक्रबार तार्सिकोट रेनास्थित जंगलमा लागेको आगोको झिल्को हावाहुरीले उडाएर ल्याउँदा रामबहादुरको खरले छाएको काठको घर जलेर क्षति भएको हो ।
आगलागीबाट रामबहादुरको घरमा रहेको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा लगायत सामान जल्दा झन्डै डेढ लाख रुपैयाँ बराबरको क्षति पुगेको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरी, स्थानीय लगायतको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4