
काठमाडौँ । फिल्म निर्देशक तथा अभिनेता नीर शाह ‘रजत जयन्ती दीर्घ साधना सम्मान २०८१’ बाट सम्मानित भएका छन् । चलचित्र निर्देशक समाजद्वारा आयोजित समारोहमा उनलाई नगदसहित पुरस्कृत गरिएको हो ।
शम्भु प्रधानलाई नगदसहित ‘रजत जयन्ती हिरासिंह स्मृति सम्मान २०८१’ र निर्देशक कलाकार श्याम राई, सुबोधकुमार पोखरेल र रक्षासिंह राणालाई ‘रजत जयन्ती स्रष्टा सर्जक सम्मान २०८१’ प्रदान गरियो ।
रजत जयन्ती मनाउन आयोजित समारोहमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, संस्थाका अध्यक्ष जनकदीप पराजुली लगायत फिल्मकर्मी उपस्थित थिए ।
वर्ष निर्देशकको उपाधि व्यवसायिक फिल्मतर्फ ‘जारी’का निर्देशक उपेन्द्र सुब्बा, समीक्षात्मक रुपमा (क्रिटिक)तर्फ ‘द रेड सुट्केस’का फिडेल देवकोटालाई प्रदान गरियो ।
प्रतिक्रिया 4