 
																			२६ चैत, काठमाडौं । राष्ट्रिय मुक्ति पार्टीले काठमाडौंमा जारी शिक्षक आन्दोलनप्रति पूर्ण समर्थन जनाउँदै सरकारले शिक्षकहरूको न्यायोचित माग तत्काल सम्बोधन गर्नुपर्ने बताएको छ।
पार्टी अध्यक्ष राजेन्द्र महतोले मंगलबार जारी गरेको विज्ञप्तिमा शिक्षा, न्याय र प्रगतिको लागि संघर्षरत शिक्षकहरूको आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपालका शिक्षकहरू राष्ट्र निर्माणका आधारस्तम्भ हुन्, तर उनीहरूको सेवा अवस्था, आर्थिक सुरक्षा र गरिमापूर्ण जीवनयापनको मागहरू लामो समयदेखि उपेक्षित छन् ।’
पार्टीले शिक्षकहरूको पेशागत सम्मान, स्वायत्तताको संरक्षण, र शिक्षा ऐनमा शिक्षक हितका प्रावधानहरू समेटिनु पर्ने मागलाई राष्ट्रिय शिक्षा विकासको मेरुदण्ड भनेको छ।
‘शिक्षकहरूको आवाज बेवास्ता गर्नु भनेको देशको भविष्यसँग खेलवाड गर्नु हो,’ विज्ञप्तिमा उल्लेख छ, ‘शिक्षकको हकअधिकारको लडाइँ भनेकै राष्ट्रिय प्रगतिको लडाइँ हो।’
शैक्षिक सत्र सुरु हुने बेलामा शिक्षकहरू सडकमा आउनु पर्ने अवस्था अत्यन्त दुखद भएको उल्लेख गर्दै पार्टीले शिक्षकहरूको माग तत्काल सम्बोधन गर्न सरकारलाई सचेत गराएको छ।
पार्टीले आन्दोलनरत शिक्षकहरूप्रति ऐक्यबद्धता जनाउँदै, उनीहरूले उठाएका न्यायसंगत एजेन्डाहरूको अविलम्ब सम्बोधन गर्नुपर्नेमा सरकार गम्भीर बन्नुपर्ने बताएको छ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4