 
																			२ वैशाख, काठमाडौं । तीनकुनेमा भएको राजावादी प्रदर्शनमा पक्राउ परेका मध्ये ८ जनालाई हाजिर जमानीमा छाडिएको छ ।
हाजिर जमानीमा छाड्न सरकारी वकिल कार्यालयले समेत सहमति दिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले आठ जनालाई छाडेको हो । हाजिर जमानीमा छुट्नेहरू भाटभटेनी तोडफोड हुँदा भुईंका स्याउ, सुन्तला टिप्नेहरू रहेको प्रहरीले बतायो ।
जसमा देवबहादुर थापा मगर, प्रसिद्ध मल्ल, राज ठाकुर, नवीन ढकाल, आलोक पराजुली, चित्रमाया बस्नेत, बरुण यादव र सस्मिता बराल छन् ।
पहिलो पटक ६ जनालाई हाजिर जमानीमा छाड्ने सरकारी वलिक कार्यालय सहमति दिएपछि ६ जनालाई छाडिएको थियो । पछि थप दुई जनालाई छाडिएको थियो ।
उनीहरू हाजिरी जमानीमा छुटे पनि अनुसन्धान भने जारी रहने जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले बताए ।
तीनकुने घटनामा अहिलेसम्म ८२ जना पक्राउ परेर मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएको छ । ती मध्ये ८ जनालाई हाजिरी जमानीमा बाहिर राखेर अनुसन्धान गरिएको छ भने ७४ जना अहिले पनि परिसरकै हिरासतमा छन् ।
 
                









 
             
                             
                        
                     
                             
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4