+
+
Shares

पानीको जारमा किरा, ललितपुर महानगरले तिरायो २५ हजार जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ४ गते १६:०८

४ वैशाख, काठमाडौं । ललितपुर महानगरपालिकाले केएम मिनिरल वाटर एण्ड वेभरेज प्रालिलाई २५ हजार जरिवाना तिराएको छ ।

कम्पनीले उत्पादन गरेको पानीको जारमा किरा भेटिएपछि जरिवाना तिराएको ललितपुर महानगर प्रहरी बलका प्रमुख सिताराम हाछेथूले जानकारी दिए ।

उनका अनुसार पशु सेवा तालिम केन्द्र ललितपुरमा पिउनको लागि ल्याएको जारमा किरा भेटिएको थियो । जारमा किरा भेटिएको गुनासोपछि महानगर प्रहरी बलले तत्काल निरीक्षण गरेर जरिवाना तिराएको हाछेथूले बताए ।

पछिल्लो समय उपत्यकाका नगरहरुले पिउने पानीको जार, बोत्तलमा गुनासो आएमा तत्काल एक्सन लिइरहेका छन् भने जारको गुणस्तरमा पनि अनुगमन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?