 
															८ वैशाख, काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको हो ।
आजको बैठकमा जारी शिक्षक आन्दोलनको सम्बोधनका विषयमा छलफल हुने एक मन्त्रीले जानकारी दिए । मन्त्रिपरिषद् बैठक बस्नुअघि राजीनामा दिएकाले शिक्षामन्त्री विद्या भट्टराई बैठकमा सहभागी छैनन् ।
अघिल्ला सरकारसँग भएका सहमति कार्यान्वयनको माग गर्दै देशभरबाट जम्मा भएका सामुदायिक विद्यालयका शिक्षकहरूले काठमाडौंमा लगातार प्रदर्शन गरिरहेका छन् ।
शिक्षामन्त्री भट्टराईले शिक्षकका माग सम्बोधनका लागि पटकपटक वार्ता गरे पनि निकास निस्कन सकेको थिएन । अघिल्लो मन्त्रिपरिषद्ले शिक्षकका माग सम्बोधन गर्न संघीय संसद् बोलाउने लगायतका केही निर्णय लिए पनि आन्दोलनकारी शिक्षकहरू आश्वस्त हुन सकेका छैनन् ।

 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4