 
															१० वैशाख, काठमाडौं । गृहमन्त्री रमेश लेखकले भारतको जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा रुपन्देहीका सुदीप न्यौपानेको मृत्यु भएको जानकारी गराएका छन् ।
न्यौपाने बिदाको समयमा घुम्न गएका बेला उक्त हमलामा परी मृत्यु भएको गृहमन्त्री लेखकले जानकारी गराएका हुन् ।
‘रुपन्देहीको सन्दिप न्यौपाने आफ्नो आमासहित घुम्न जानु भएको थियो, त्यसक्रममा यस्तो घटना भएको जानकारी आएको छ’, बिहीबार सुरक्षा संवाददाताहरुसँग अन्तरक्रियाका क्रममा उनले भने, ‘यो प्रारम्भिक जानकारी हो ।’
दूतावासमा समेत सम्पर्क गरेर थप विवरण लिने काम भइरहेको उनले बताएका छन् ।
मंगलबार कश्मीरको पर्यटकीय स्थलमा आतंकवादीको हमलामा परी कम्तीमा २६ जनाको मृत्यु भएको थियो ।
जम्मुकश्मिरमा पर्ने पहलगामको बैसारन भन्ने ठाउँमा पर्यटकहरुलाई लक्षित गरेर नै आक्रमण भएको थियो । बैसारन पहलगामबाट ६ किलोमिटर टाढा पर्दछ ।
भारतीय मिडियाहरुका अनुसार बैसारन सुन्दर भएकाले ‘मिनी स्विटजरल्याण्ड’ भन्ने गरिन्छ । सो स्थान पर्यटकमाझ चर्चित छ ।
त्यहाँ घुम्न गएका पर्यटकहरुमाथि मंगलबार गोली हानी हत्या गरिएको हो । आतंकवादीहरुले नियन्त्रणमा लिएर नाम सोधी–सोधी पर्यटकलाई गोली हानेर मारेको दैनिक भाष्करले समाचारमा उल्लेख गरेको छ । मारिनेहरुमा नेपाल र यूएईका नागरिकसहित भारतकै गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका छन् ।
केही पर्यटकहरू घाइते छन् ।
 
                









 
                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4