+
+
Shares

९ महिनामा खानेपानी मन्त्रालयको खर्च २६ प्रतिशत

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १७ गते १३:१२

१७ वैशाख, काठमाडौं । खोनपानी मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/०८२ को ९ महिना सकिँदा जम्मा २६ प्रतिशत मात्रै खर्च गरेको छ । मन्त्रालयका अनुसार सुरुको बजेट १६ अर्ब ३२ करोड ४८ लाख सूरु बजेट रहेको थियो ।

त्यसमा मन्त्रालयले रकमान्तर गरेर १ अर्ब ४ करोड १७ लाख थप गरेको थियो भने ७८ करोड ४३ लाख घटाएको थियो । यसरी हेर्दा मन्त्रालयको खुद बजेट १६ अर्ब ५८ करोड २३ लाख रुपैयाँ रहेको थियो, जसमध्ये ४ अर्ब ४४ करोड १६ लाख रुपैयाँ अर्थात २६.७९ प्रतिशत मात्रै खर्च गरेको हो ।

मन्त्रालयको खर्च हुन बाँकी बजेट १२ अर्ब १४ करोड ६ लाख रुपैयाँ रहेको छ । मन्त्रालयले चालु आर्थिक वर्षको ९ महिनामा गरेको प्रगतिमा गत असोजमा गएको बाढीबाट क्षतिग्रस्त ३३७ आयोजनाको पुनर्निर्माणको लागि अर्थ मन्त्रालयबाट २४ करोड २१ लाख रुपैयाँ बजेट थप भइ सेवा पुनस्र्थापनाको काम सुरु गरेको जनाएको छ ।

मन्त्रालयले यसबीचमा खानेपानी तथा सरसफाई नियमावली २०८१ स्वीकृत गरेको, नेपाल सरकार, खानेपानी मन्त्रालय र भारत सरकार, जलशक्ति मन्त्रालय विच खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्र लगायत फोहोर व्यवस्थापनको लागि आपसी सहयोगलागि समझदारी पत्रमा गरेको उल्लेख छ ।

कार्यशाला गोष्ठीहरुलाई पनि मन्त्रालयले प्रगतीमा राखेका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?