
फाइल तस्वीर
१८ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका–७ चाबहिल चोकस्थित एक सुनचाँदी पसलमा आगलागी हुँदा करिब करोड बराबरको क्षति भएको छ ।
६६ वर्षीया राधा पाण्डेको घरको ग्राउण्ड फ्लोरमा काठमाडौं बसुन्धरा बस्ने भोजपुर घर भएका ४४ वर्षीय सन्तोष बराइलीले सञ्चालन गरेको सुनचाँदी पसलमा बिहीबार बिहान आगलागी भएको थियो ।
बराइलीको सिंगापुर ज्वेलर्समा विद्युत् सर्ट भई बिहीबार बिहान आगलागी हुँदा सुन, चाँदी र नगद लगायतका सामान जलेर करिब ७० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीको भनाइ छ ।
साथै उक्त आगो फैलिएर सोही घरमा रहेको जिएन ईलेक्ट्रोनिक्समा समेत आगलागी हुँदा भ्याकुम, फ्यान, वासिङमेसिन, ओभन लगायतका सामान जलेर करिब २५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4