
१९ वैशाख, काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) को दोस्रो राष्ट्रिय महाधिवेशन भोलिबाट सुरु हुँदैछ ।
नेकपा एकीकृत समाजवादी निकट महासंघको दोस्रो महाधिवेशन दुई दिनसम्म (२०–२१ वैशाख) चल्ने अध्यक्ष बीरबहादुर बुढाथोकीले बताए ।
उनका अनुसार काठमाडौंमा हुने महाधिवेशनको तयारी पुरा भइसकेको छ ।
महाधिवेशनमा ३५ जातीय घटक संघ, ७ प्रदेश महासंघ र ७० जिल्लाबाट ६ सय बढी प्रतिनिधि सहभागी हुनेछन् ।
महासचिव चन्द्र तामाङका अनुसार महाधिवेशनको उद्घाटन अध्यक्ष माधवकुमार नेपाल र पूर्वप्रधानमन्त्री झलनाथ खनालले गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4