+
+
Shares

घिमिरे युवराजको ‘लस्ट एण्ड फाउण्ड’ नाटक सार्वजनिक

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा लेखक कुमार नगरकोटी, उमा सुवेदी, उषा शेरचन र निर्देशक तथा रङ्गकर्मी अनुप बरालले पुस्तक सार्वजनिक गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २१ गते १७:५३

२१ वैशाख, काठमाडौं। दुई दशकभन्दा बढी समयदेखि नाटक निर्देशन, अभिनय तथा लेखनमा सक्रिय घिमिरे युवराजद्वारा लिखित नाटक ‘लस्ट एण्ड फाउण्ड’ सार्वजनिक भएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा लेखक कुमार नगरकोटी, उमा सुवेदी, उषा शेरचन र निर्देशक तथा रङ्गकर्मी अनुप बरालले पुस्तक सार्वजनिक गरेका हुन् ।

शिल्पी थिएटरका कला निर्देशक घिमिरे युवराजको साङ्ग्रिला बुक्सबाट प्रकाशित यो दोस्रो नाट्य कृति हो । पहिलो नाटक ‘विमोक्ष’को दोस्रो संस्करण शनिबार नै प्रकाशित भएको हो ।

अभिनेता दिव्यदेव र लेखक घिमिरे युवराजले नेपाली नाट्य क्षेत्र, थिएटरका चुनौती, नाटक लेखन र चलचित्रका बिषयमा रोचक संवाद समेत गरेका थिए । सोही क्रममा लेखक घिमिरेले शहरको निस्सास्सिएको जीवन र सम्बन्धमा आफ्नो रुची भएकाले नाटकमा त्यही बिषय समेटेको बताए ।

लेखकसँग संवाद गर्दै अभिनेता दिव्य देवले ‘लस्ट एण्ड फाउण्ड’ घिमिरे युवराजको अहिलेसम्मकै उत्कृष्ट नाटक भएको भनेर पाण्डुलिपी पढ्नेले आफूलाई सुनाएको बताए ।

विमोचित नाटक ‘लस्ट एण्ड फाउण्ड’ जेठ २ गतेबाट शिल्पी थिएटरमा मञ्चन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?