
२२ वैशाख, काठमाडौं । विद्यालय शिक्षा विधेयकको प्रतिवेदन लेख्न समय थप गरिएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले प्रतिवेदन लेख्न उपसमितिलाई १० दिनको समय दिएको हो ।
उपसमिति संयोजक छविलाल विश्वकर्माले १० दिनको समय दिन बैठकमा प्रस्ताव राखेका थिए । त्यसमा समितिले पारित गरेको हो ।
गत चैत ८ गते समितिले उपसमितिलाई ३५ दिनको समय दिएको थियो । उपसमिति संयोजकका अनुसार ३९ वटा बैठक बसेको संयोजक विश्वकर्माले बातए ।
‘सार्वजनिक बिदा नभनी कार्यालय अगाडि र पछाडि पनि बैठक बस्यो । दफावार छलफल सकिएको छ । प्रतिवेदनको मस्यौदालाई अन्तिम रुप दिन बाँकी छ,’ संयोजक विश्वकर्माले भने ।
विधेयकमा विभिन्न १५ वटा परिच्छेद र १६३ वटा दफा छ । १७५८ वटा बुँदामा दर्ता भएका संशोधन प्रस्ताव परेको थियो ।
शिक्षक महासंघ र सरकारबीच १५ असारभित्र ऐन जारी गर्ने सहमति भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4