
काठमाडौं । ‘अञ्जिला’ सुपरहिट भएपछि मिलन चाम्सले नयाँ फिल्म निर्देशनको घोषणा गरेका छन् । नेपाली र अंग्रेजी भाषामा निर्माण हुने बताइएको फिल्म ‘सुम्निमा’को शीर्ष भूमिकामा उपासनासिंह ठकुरी अनुबन्धित भएकी छन् ।
जुलाईदेखि नेपाल र बेलायतमा छायांकन तयारीमा रहेको यो फिल्मको पुरुष मुख्य पात्र तय हुन बाँकी छ । यसका लागि निर्माताले २० देखि २६ वर्ष उमेर समूहको बेलायतमा बसोबास गर्ने व्यक्तिलाई कास्टिङ गर्ने जनाएका छन् ।
निर्देशक चाम्सले यो फिल्मलाई युनिभर्सल कथा र अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्दै बन्न लागेको बताए । ‘कथावस्तु पनि युनिभर्सल भएकाले पनि विदेशी बजारलाई लक्षित गर्दै फिल्म बन्नेछ’ चाम्सले भने ।
चाम्स इन्टरटेनमेन्ट र गोर्खा फिल्म्स्को संयुक्त ब्यानरमा बन्ने फिल्म निर्देशक चाम्सको ११ औं निर्देशकीय प्रोजेक्ट हुनेछ । फिल्ममा राजीव थापाको पटकथा हुनेछ । चाम्सको निर्देशनमा बनेको पछिल्लो फिल्म ‘अञ्जिला’ले प्रदर्शनको ५१ दिन पुरा गरेको छ ।
यो फिल्मले घरेलु बक्सअफिसमा ८ करोड ७० लाख हाराहारीमा कमाइ गरेको चलचित्र विकास बोर्डले जनाएको छ ।
प्रतिक्रिया 4