+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares
भारत–पाकिस्तान तनाव :

गृहमा सुरक्षा समितिको बैठक : सीमामा थप कडाइ गरिने

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २४ गते १५:२०

२४ वैशाख, काठमाडौं । राष्ट्रिय सुरक्षा समितिको बैठक बसेको छ । गृह मन्त्रालयमा बुधबार दिउँसो समितिको बैठक बसेको हो । बैठकले भारत पकिस्तानबीच बढेको तनावले नेपालमा पार्नसक्ने असरको विश्लेषण गर्दै सुरक्षा रणनीति बनाएर कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

सोही अनुसार तीनै तहका सुरक्षा निकायलाई सीमामा निगरानी बढाउन निर्देशन दिने निर्णय समितिको बैठकले गरेको छ ।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामचन्द्र तिवारीका अनुसार बैठकमा भारत–पाकिस्तानबीचको तनावले नेपालमा पार्नसक्ने असरको विषयमा छलफल भएको हो ।

अन्तर्राष्ट्रिय विमानस्थल, नेपाल–भारत सीमा सुरक्षा, भारत र पाकिस्तानमा रहेका नेपालीको सुरक्षा लगायतका विषयमा बैठकमा छलफल भएको तिवारीले अनलाइनखबरलाई बताए ।

प्रधानमन्त्री केपी शर्मा, गृहमन्त्री रमेश लेखक, नेपाल सेनाका प्रतिनिधि, प्रहरी प्रमुख दीपक थापा, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, मन्त्रालयको सुरक्षा महाशाखाका प्रतिनिधि लगायत बसेर आवश्यक सुरक्षा रणनीति तय गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?