+
+
Shares
भारत–पाकिस्तान तनाव :

सशस्त्रको विशेष सर्कुलर, सीमा क्षेत्रमा उच्च सतर्कता

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २४ गते १५:१०

२४ वैशाख, काठमाडौं । भारतीय सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले विशेष सर्कुलर जारी गरेको छ ।

पछिल्लो समय विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै सीमा क्षेत्रमा पर्ने सबै बाहिनीपतिहरुलाई विशेष निर्देशन दिइएको सशस्त्र प्रहरीका सह–प्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले अनलाइनखबरलाई जानकारी दिए ।

‘अनधिकृत घुसपैठ नियन्त्रण र निगरानीका लागि सीमा क्षेत्रमा पर्ने सबै बाहिनीपतिहरुलाई प्रधान कार्यालयबाट विशेष निर्देशन दिइएको छ,’ उनले भने, ‘बाहिनी मुख्यालयहरूले सोही अनुसार सुरक्षा योजना बनाएर कार्यान्वयन गरेका छन् ।’

भारतीय सशस्त्र सीमा बल (एसएसबी)सँगको सहकार्य र समन्वयमा दुई देशको सीमानामा संयुक्त रुपमा गस्ती पेट्रोल र खबर आदनप्रदानलाई तिव्रता दिइएको उनले बताए ।

त्यस्तै, बीओपीबाट अर्को बीओपीसम्म २४ घण्टा सीमा इलाकामा रहनेगरी पट्रोलिङ गरिएको डीएसपी थापाले बताए ।

सीमा इलाकामा आवश्यकता अनुसार आवतजावत गर्नेहरूको परिचयपत्र चेकजाँच गरेर अभिलेख राख्ने कार्य समेत भइरहेको उनले बताए ।

त, नेपाल–भारत सीमानामा परम्परादेखि चलिआएको परम्परागत आवतजावतलाई असहज तथा हैरानी नहोस् भन्नेतर्फ पनि आफूहरू सचेत रहेको सशस्त्रका डीएसपी थापा बताउँछन् । ‘त्यसप्रकारको आवतजावतलाई सहजिकरण गर्ने कार्य समेत गरिएको छ,’ उनले भने ।

साथै, शहरी क्षेत्रका संभावित सुरक्षा दिनुपर्ने महत्त्वपूर्ण ठाउँहरूमा निगरानी बढाइएको छ ।

जम्मु–कश्मीरको पहलगाममा पर्यटकमाथि भएको आतंकी आक्रमणको दुई हप्तापछि भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका नौवटा स्थानमा गएराति हवाई हमला गरेको छ ।
यस सैन्य कारबाहीलाई भारतले ‘अपरेशन सिन्दूर’ नाम दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?