
२५ वैशाख, काठमाडौं । नेपाल धितोपत्र बोर्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पाइपलाइनमा रहेको आईपीओको अवस्था सम्बन्धी विवरण उपलब्ध गराएको छ ।
पाइपलाइनमा रहेका आईपीओ स्वीकृति क्रममा बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठको नाम लिएर कमिसन ‘मागेको’ निजी ऊर्जा उत्पादकहरूले आरोप लगाएपछि त्यसको विवरण लिन अख्तियार टोली बुधबार धितोपत्र बोर्ड गएको थियो ।
दिनभरिजसो बसेको टोलीलाई बोर्डले आईपीओको पाइपलाइनमा रहेका ८९ कम्पनीको अहिलेका अवस्थाबारे जानकारी उपलब्ध गराएको स्रोतले जानकारी दियो ।
८९ कम्पनीमध्ये ७८ वटा १ सय रुपैयाँ वा त्यसभन्दा कम मूल्यमा आईपीओ निष्कासन अनुमति माग्ने छन् भने ११ वटा प्रिमियम मूल्यमा अनुमति माग्ने छ ।
त्यस्तै हकप्रद सेयर निस्कासन प्रक्रियामा रहेका १७ कम्पनीको विवरण पनि अख्तियार टोलीले लिएर गएको छ ।
अनलाइनखबरले बोर्ड स्रोतबाट प्राप्त विवरण अनुसार अधिकांश कम्पनीको आईपीओ प्रक्रिया अध्ययन क्रममा रहेको बताइएको छ ।
हेर्नुहोस् सूची :
प्रतिक्रिया 4