+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

बीपी स्मृति अस्पतालको फोहोर संकलन रोक्का, ५० हजार जरिबाना

स्थानीयले महानगरको कल सेन्टरमा फोन गरेर अस्पतालले फोहोर व्यवस्थापन नगरी धेरै दिनसम्म अस्पतालको कम्पाउन्डमा राखेर दुर्गन्ध फैलाएकाले नियन्त्रण गर्न अनुरोध गरेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २५ गते १७:३८

२५ वैशाख, काठमाडौं । फोहोर व्यवस्थापनमा लापरबाही गरेको भन्दै काठमाडौं महानगरपालिकाले बसुन्धरामा रहेको बीपी स्मृति अस्पतालको फोहर संकलन रोक्का गरेको छ ।

महानगर टोलीले फोहोर संकलन रोक्का गरेर ५० हजार रुपैयाँ जरिबाना तिर्न पत्र पठाएको हो । स्थानीयले महानगरको कल सेन्टरमा फोन गरेर अस्पतालले फोहोर व्यवस्थापन नगरी धेरै दिनसम्म अस्पतालको कम्पाउन्डमा राखेर दुर्गन्ध फैलाएकाले नियन्त्रण गर्न अनुरोध गरेका थिए ।

कल सेन्टरबाट गुनासो टिपेर कार्यान्वयनका लागि वातावरण व्यवस्थापन विभाग पठाइएको थियो । गुनासोकर्ताले गत सोमबार गुनासो दर्ता गराएका थिए । त्यसलगत्तै विभागका वरिष्ठ अधिकृत सानुमैयाँ महर्जनको नेतृत्वमा वातावरण निरीक्षक सृष्टि श्रेष्ठ, स्वास्थ्य विभाग र महानगर प्रहरी बलका प्रतिनिधि सहित अनुगमन गरिएको थियो ।

अनुगमनमा फोहोर व्यवस्थापन अभ्यास हेर्ने क्रममा अस्पतालमा गुनासोकर्ताले गुनासो गरेजस्तै अस्पतालको कम्पाउन्डमा फोहोर राखेर दुर्गन्ध नफैलिए पनि अस्पतालको कम्पाउन्डको स्वच्छतामा भने कमजोरी थियो ।

यो अस्पतालमा अनुगमन गरिएको पहिलो पटक होइन । यसअघिका अनुगमनमा पनि मापदण्ड बुझाउँदै महानगरले चाहेको वातावरणीय अवस्थाका विषयमा बुझाइएको थियो ।

अस्पतालको फोहोर टोखाबाट सञ्चालित हिमालयन प्रालिले संकलन गर्ने गरेको छ । अनुगमन क्रममा वरिष्ठ अधिकृत महर्जनले महानगरपालिकाले हुन्छ नभनेसम्म फोहोर संकलन नगर्न निर्देशन दिइएको बताइन् ।

महानगर ऐन बमोजिम रासायनिक फोहोरमैला, औद्योगिक फोहोरमैला, स्वास्थ्य संस्थाजन्य फोहोरमैला, जोखिमपूर्ण फोहोरमैला वा हानिकारक फोहोरमैला जथाभावी फाल्ने, राख्ने वा निष्कासन गर्ने वा गराउनेलाई ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिबाना गराउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?