
२६ वैशाख, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (एनएलआईसी) को बोनस सेयर नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।
एनएलआईसीको ८२ लाख ७ हजार ९ सय ६६.५५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । गत वर्ष सेयरधनीलाई वितरण गरेको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।
यस्तै आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको बोनस सेयर पनि नेप्सेमा सूचीकृत भएको छ । आत्मनिर्भर लघुवित्तको ९७ हजार ७ सय १४.८१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
गत वर्ष आत्मनिर्भर लघुवित्तले १४.२५ कित्ता बोनस सेयर सेयरधनीलाई वितरण गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4