+
+
Shares

एयर डिफेन्स सिस्टम के हो ? भारत र पाकिस्तानमा कुन–कुन प्रणाली छन् ?

भविष्यमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र लेजरमा आधारित हतियार एयरले डिफेन्स सिस्टमलाई अझ धेरै विकसित र सस्तो बनाउन सक्नेछन् । एआईले सम्भावित जोखिमको पहिल्यै पहिचान गर्न र प्रतिक्रिया जनाउन मद्दत गर्नेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २७ गते १०:३१

२७ वैशाख, काठमाडौं । भारतले दाबी गरेको छ कि ८ मेको राति पाकिस्तानबाट भएको ड्रोन तथा मिसाइल आक्रमणलाई भारतको एयर डिफेन्स सिस्टम अर्थात वायु रक्षा प्रणालीले प्रभावहीन बनाइदियो ।

खासमा भारतले आफ्नो के एस– ४०० नामको वायु रक्षा प्रणालीको निकै चर्चा गर्‍यो ।

तर, पाकिस्तानले भने भारतका सबै दाबी अस्वीकार गर्दै भारतमा कुनै पनि ड्रोन तथा मिसाइल आक्रमण नगरेको बतायो ।

कुनै पनि देशका लागि शत्रु देशको हवाई चुनौती खासगरी, ड्रोन, मिसाइल र हेलिकोप्टर नष्ट गर्ने आधुनिक प्रविधि युद्धकलाको लागि महत्वपूर्ण मानिन्छ ।

अझ, पाकिस्तान र भारतजस्ता सीमा जोडिएका र पटकपटक सीमामा तनाव उत्पन्न भइरहने देशका लागि त्यस्तो प्रविधिको निकै ठूलो महत्व हुनेगर्छ ।

युद्धजस्तो अवस्थामा कुनै पनि देशलाई शत्रु देशविरुद्ध रणनीतिक रूपले अघि रहन एयर डिफेन्स प्रणालीले मद्दत गर्दछ ।

यो कस्तो प्रणाली हो ? यसले कसरी काम गर्छ ? भारत तथा पाकिस्तानमा कुन प्रणाली छन् ? जस्ता प्रश्नहरू यतिबेला आम जिज्ञासा बनेका छन् ।

कस्तो हुन्छ एयर डिफेन्स सिस्टम ?

यो एउटा सैन्य उपकरण हो जसले शत्रुका विमान, मिसाइल, ड्रोन तथा अन्य हवाई खतराबाट कुनै पनि देशको वायु सीमाको सुरक्षा गर्दछ ।

यो प्रणालीले रडार, सेन्सर, मिसाइल र गन प्रणालीको उपयोग गरेर हवाई खतरा पत्ता लगाउँछ, त्यसलाई लक्षित गर्छ र नष्ट गर्नका लागि जवाफी कारबाही गर्छ ।

वायु रक्षा प्रणालीलाई एकै स्थानमा स्थिर रुपमा वा मोवाइल (चलायमान) रुपमा तैनाथ गर्न सकिन्छ । यो सानोदेखि सानो ड्रोन वा ब्यालेस्टिक मिसाइलजस्ता ठूला चुनौतीलाई रोकन सक्षम हुन्छ ।

यो प्रणालीको मुख्य उद्देश्य हवाई आक्रमणबाट नागरिक बाहुल्य क्षेत्र, सैनिक इलाका र अन्य सामरिक महत्वका संरचनाहरूको रक्षा गर्नु हो ।

यो प्रणालीले चार मुख्य भूमिकामा रहेर काम गर्दछ । राडार र सेन्सरले शुत्रका विमान, मिसाइल तथा ड्रोन पत्ता लगाउँछ । कमान्ड एन्ड कन्ट्रोल सेन्टरले तथ्यांक प्रशोधन गरेर प्राथमिकता तय गर्छ ।

हतियार प्रणालीले खतरालाई रोक्छ भने मोवाइल युनिटहरू तीव्र रूपमा प्रतिरक्षाका लागि सक्षम हुन्छन्जो, युद्ध क्षेत्रमा निकै प्रभावशाली बन्दछन् ।

वायु रक्षा प्रणालीले कसरी काम गर्छ ?

वायु रक्षा प्रणालीले थुप्रै चरणमा काम गर्छ । जसमा खतरा पत्ता लगाउनु, खतरालाई लक्षित गर्नु र अन्ततः त्यसमाथि नै प्रहार गरी नष्ट गर्नु हो ।

यसका लागि प्रत्येक चरणमा आधुनिक प्रविधि र प्रयोगको निमै महत्व रहन्छ ।

पहिलो चरणमा रडार तथा अन्य सेन्सर प्रविधिको प्रयोग गरी हवाई खतराको पत्ता लगाउने गरिन्छ । राडार एउटा प्राथमिक उपकरण हो जसले इलेक्ट्रोम्याग्नेटिक तरंगलाई पठाउँछ र त्यो फिर्ता हुँदा त्यसले शत्रुका विमान तथा मिसाइलको स्थिति पत्ता लाग्दछ ।

लामो दूरीका रडार, मध्यम दूरीका रडा र कम दूरीका रडारका साथ इलेक्ट्रोनिक सेन्सर र इन्फ्रारेड सेन्सरजस्ता उपकरणले शत्रुका विमानबाट निस्कने सिग्नलहरूलाई समात्छ र तिनको सही अवस्थिति पत्ता लगाउँछ ।

यही चरणमा सम्भावित खतराको गति, खतराका प्रकार जस्तो कि कुन प्रकारको ड्रोन या हवाईजहाज या मिसाइल आक्रमणमा प्रयोग गरिएको छ भन्ने पत्ता लगाउँछ ।

दोस्रो चरणमा सम्भावित खतरालाई सूचित गर्ने गरिन्छ जसमा आक्रमणमा प्रयोग गरिएका ड्रोन, मिसाइल या फाइटर जेट्सको गति, बाटो र अन्य गतिविधिको एकिन जानकारी संकलन गर्ने गरिन्छ ।

राडार, लेजर रेञ्ज फाइन्डर तथा डेटा लिंक नेटवर्कको माध्यमबाट यो सुनिश्चित गरिन्छ कि शत्रुका विमान या मिसाइलको गति, उचाइ र दिशामाथि नजर राख्न सकियोस् ।

सम्भावित खतरालाई ट्रेकिङ गर्नु सबैभन्दा महत्वपूर्ण हुन्छ किनभने आक्रमण या युद्धको समयमा ट्रोकिङ प्रणाली शत्रुबाट चलाइएका मिसाइल, ड्रोन या फाइटर जेट्सका साथमा आफ्नो फाइटर जेट्स या मिसाइलहरूलाई पनि ट्रेक गरिरहेको हुन्छ ।

यसकारण यो जरुरी छ कि ट्रेकिङ प्रणाली पूर्ण रूपमा सञ्चालित र विश्वसनीय हुनुपर्दछ ताकि आफ्नो उपकरण या मिसाइल या फाइटर जेट्समाथि नै नोक्सान हुन नपाओस् ।

लगातार ट्रेकिङपछि एक समयमा आक्रमणमा प्रयोग भएको ड्रोन या मिसाइललाई नष्ट गर्नुपर्दछ ।

भारतको वायु रक्षा प्रणाली कति प्रभावकारी ?

Pechora Air Defence System
भारतको वायु रक्षा प्रणाली एस– ४००, जसलाई भारतीय सेनाले सुदर्शन चक्रको नामले सम्बोधन गर्दछ ।

भारतको वायु रक्षा प्रणाली आफ्नो कयौं तह र प्रणालीको विविधताको लागि परिचित छ । यसमा रुसी, इजरायली र स्वदेशी प्रविधिको सम्मिश्रण छ, जसले पाकिस्तानको तुलनामा निकै प्रभावशाली बनाएको छ ।

सन् २०१८ मा भारतले रुससँग पाँचवटा एस– ४०० मिसाइल सिस्टम खरिदका लागि सम्झौता गरेको थियो ।

यसको तुलना सबैभन्दा राम्रो मानिने अमेरिकाको पैट्रिअट मिसाइल एयर डिफेन्स सिस्टमसँग हुने गर्छ । भारत र रुसको बीचमा यो सम्झौता ५.४३ अर्ब डलरमा भएको थियो ।

एस–४०० मोवाइल प्रणाली हो । अर्थात्, यसलाई सडक मार्ग हुँदै कुनै पनि स्थानमा पुर्‍याउन सकिन्छ । यसको बारेमा भन्ने गरिन्छ कि आदेश प्राप्त हुनासाथ ५ देखि १० मिनेटभित्रै यसलाई तैनाथ गर्न सकिन्छ ।

इन्डियन एक्सप्रेसको खबरअनुसार भारतसँग एस–४०० का अलावा बराक–८ र स्वदेशमै उत्पादित आकाश मिसाइल प्रणालीले पनि वायु रक्षाको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

छोटो दूरीबाट हुने आक्रमणलाई निस्तेज पार्न स्पाइडर र इग्ला जस्ता सिस्टमको पनि उपयोग गर्ने गरिन्छ ।

रिटायर्ड मेजर डा. मोहम्म अली शाहले बीबीसीसँगको कुराकानीमा भने, ‘म आफ्नो देशको सुरक्षामा तैनाथ उपकरणसम्बन्धी जानकारी बताउन सक्दिनँ । तर, यति भन्न सक्छ कि भारत र पाकिस्तानको वायु रक्षा प्रणालीमा स्पष्ट अन्तर देखिन्छ ।’

‘पाकिस्तानको एयर डिफेन्स सिस्टमलाई हाम्रो भारतीय सेनाले नोक्सान पुर्‍याएको छ, जबकी भारतीय एयर डिफेन्स सिस्टमले कयौं स्थानमा पाकिस्तानले गरेको ड्रोन आक्रमणलाई सफलतापूर्वक निस्तेज पारिदिएको छ,’ उनले भने, ‘रुससँग एस–४०० खरिदको समयमा प्रतिबन्धको जोखिम थियो । तर, अहिले त्यही प्रणालीले कयौं भारतीयको ज्यान बचाइरहेको छ ।’

भारतीय रक्षा मन्त्रालयले भनेको छ कि पाकिस्तानले ८ मईको ड्रोन र मिसाइलहरूको प्रयोग गरेर भारतका कयौं सैन्य ठेगानालाई आक्रमणको निशाना बनाएको थियो । तर, त्यसलाई भारतले परास्त गरिदियो ।

यस्तै, पाकिस्तानले यी हमलामा आफ्नो संलग्नता इन्कार गरेको छ र भारतले नै आक्रमण गरेको र उसका ७५ ड्रोन आफूहरूले नष्ट गरेको दावी गरेको छ ।

कस्तो छ पाकिस्तानको एयर डिफेन्स सिस्टम ?

सन् २०१९ पछि भारतले रुसी एस–४०० एन्टी–एयरक्र्याफ्ट मिसाइल प्रणाली प्राप्त गर्‍यो । उता, पाकिस्तानले चीनसँग एचक्यू–९ एयर डिफेन्स सिस्टम लिएको छ ।

टाइम्स अफ इन्डियाको एउटा समाचारका अनुसार पाकिस्तानको वायु रक्षा प्रणाली मुख्य रूपमा चीन र फ्रान्सको प्रविधिमा आधारित छ । यसको प्रमुख हिस्सा चीनको एचक्यू–९ मिसाइल प्रणाली हो । यसले १२० देखि ३०० किलोमिटर दूरीसम्मको आक्रमणलाई रोक्न सक्दछ ।

यसका अलावा पाकिस्तानले फ्रान्सबाट पनि स्पाडा एयर डिफेन्स सिस्टम खरिद गरेको छ । यसको उपयोग विशेष रूपमा हवाई अड्डा र अन्य महत्वपूर्ण स्थानको सुरक्षामा प्रयोग गर्ने गरिन्छ ।

पाकिस्तानी वायु सेनाका पूर्व भाइस मार्सल इकरामुल्लाह भट्टीले बीबीसी उर्दूसँगको कुराकानीमा भनेका छन् कि पाकिस्तानको एयर डिफेन्स सिस्टम कम दूरी, मध्यम दुरी र लामो दूरीको सतहबाट सतहसम्म आक्रमण गर्ने क्रुज र ब्यालेस्टिक मिसाइलालाई पनि रोक्न सक्ने क्षमताको हो ।

उनका अनुसार पाकिस्तानले आफ्नो रक्षा प्रणाली चीनद्वारा निर्मित एचक्यू–१६ एफई डिफेन्स सिस्टम पनि समावेश गरेको छ जसले सतहबाट सतहसम्म आक्रमण गर्ने मिसाइल, क्रुज मिसाइल र युद्धपोतहरूविरुद्ध प्रभावशाली छ ।

जहाँसम्म आकाशबाट जमिनमा आक्रमण गर्ने मिसाइललाई रोक्ने सन्दर्भ आउँछ, तब भन्नुपर्छ त्यस्तो कुनै रक्षा प्रणाली छैन ।

यद्यपि, एयर डिफेन्स सिस्टमहरू धेरै उन्नत भइसकेका छन् । तै पनि कयौं चुनौतीहरू तिनले सामना गर्नु परिरहेको छ ।

हाइपरसोनिक मिसाइल र स्वार्म ड्रोनका कारण देखिएका नयाँ खतराले यी प्रणालीहरूलाई अझै धेरै विकसित गर्नुपर्ने आवश्यकतालाई बढावा दिएका छन् ।

भविष्यमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र लेजरमा आधारित हतियार एयरले डिफेन्स सिस्टमलाई अझ धेरै विकसित र सस्तो बनाउन सक्नेछन् । एआईले सम्भावित जोखिमको पहिल्यै पहिचान गर्न र प्रतिक्रिया जनाउन मद्दत गर्नेछन् जब कि लेजर प्रणालीले आक्रमणलाई सटिक बनाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?