+
+
Shares

कर्णालीमा बेपत्ता भएका व्यक्तिको खोजी गर्न गोताखोर परिचालन

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २७ गते १३:१६
फाइल तस्वीर

२७ वैशाख, काठमाडौं । कालीकोटको पचालझरना गाउँपालिका-८ स्थित कर्णाली नदीमा बेपत्ता भएका व्यक्तिको खोजीका लागि सशस्त्रको गोताखोर परिचालन गरिएको छ ।

शनिबार गोताखोरको टोली परिचालन गरिएको सशस्त्रका सहायक प्रवक्ता डीएसपी शेलेन्द्र थापाले जानकारी दिए ।

शुक्रबार नुहाउने क्रममा नरहरी गाउँपालिका–१ कोटवारी बस्ने १६ वर्षका बिराज विष्ट कर्णाली नदीमा डुबेर बेपत्ता भएका थिए ।

उनी बेपत्ता भएको सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म कालीकोटलाई जानकारी गराएपछि सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट ५ जना गोताखोरसहितको टोली खटाइएको हो

यसै गरी दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–९ स्थित कर्णाली नदिमा बेपत्ता भएका अन्दाजी १६ वर्षीय भुवन सार्किको खोजीकार्य पनि जारी छ । उनी पनि शुक्रबार नै बेपत्ता भएका थिए ।

बेपत्ता भएको जनाकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल जलविद्युत आयोजना सुरक्षा बेश डावबाट उनको खोजीका लागि सुरक्षाकर्मी खटाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?