+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

घट्यो महँगी

चालु आव चैत महिनासम्म मुद्रास्फीति ३.३९ प्रतिशत छ । अघिल्लो आव सोही अवधिमा ४.६१ प्रतिशत थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २८ गते १७:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को ९ महिनाको आर्थिक र वित्तीय स्थिति सार्वजनिक गरेको छ।
  • यस वर्ष महँगी घटेको र मुद्रास्फीति दर कम भएको रिपोर्ट सार्वजनिक गरिएको छ।
  • कोशी प्रदेशमा सबैभन्दा बढी महँगी छ।

२८ वैशाख, काठमाडौं । अघिल्लो वर्षको तुलनामा यो वर्ष महँगी घटेको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिना (साउन–चैत) को आर्थिक तथा वित्तीय स्थितीमा गत वर्षको तुलनामा यो वर्ष महँगी घटेको हो ।

चालु आव चैत महिनासम्म मुद्रास्फीति ३.३९ प्रतिशत छ । अघिल्लो आव सोही अवधिमा ४.६१ प्रतिशत थियो ।

यो वर्ष पेय पदार्थ समूहको मूल्यवृद्धि २.४५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९० प्रतिशत छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहको मुद्रास्फीति क्रमशः ५.२२ र ४.२० प्रतिशत थियो ।

यस्तै चैत मसान्तसम्मको खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घिउ तथा तेल उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ११.६३ प्रतिशत, फलफूल ९.०७, दाल तथा गेडागुडी ६.५८ र गैरमदिराजन्य पेय पदार्थको ५.१६ प्रतिशतले बढेको छ ।

तरकारी उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ५.२४ प्रतिशत, मरमसला २.३२ र माछा तथा मासुको ०.८९ प्रतिशत घटेको छ ।

गैरखाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ८.६९ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पल ७.०१, मदिराजन्य पेय पदार्थ ६.०७ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरण ५.५९ प्रतिशत र सुर्तीजन्य पदार्थको ४.८३ प्रतिशत बढेको छ ।

कोशी प्रदेशमा सबैभन्दा धेरै महँगी

राष्ट्र बैंकको तथ्यांक अनुसार प्रदेशगत हेर्दा समीक्षा महिनामा कोशी प्रदेशमा सबैभन्दा बढी महँगी छ । कोशीमा उपभोक्ता मुद्रास्फीति ४.९१ प्रतिशत, मधेस ३.५९, बागमती २.८०, गण्डकी २.८३, लुम्बिनी ३.११, कर्णाली ३.११ र सुदूरपश्चिमको ३.५१ प्रतिशत छ ।

यस्तै काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.९५ प्रतिशत, तराई ३.३१, पहाड ३.४६ र हिमालको ४.४७ प्रतिशत छ ।

चैत २०८१ मा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ४.२० प्रतिशत छ । अघिल्लो वर्ष सोही महिना यस्तो मुद्रास्फीति ४.९४ प्रतिशत थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?