
Quick Summary
AI-generated by OK AI. Editorially reviewed.- जनता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको अध्यक्षमा पशुपति यादव निर्वाचित भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी शत्रुधन यादवलाई ४ मतले पराजित गरे।
- उपाध्यक्ष पदमा दिनेशप्रसाद यादव र ललित मण्डल विजयी भएका छन् र उपाध्यक्ष दिनेश यादव धनुषाको शहीदनगर नगरपालिकाका मेयर हुन्।
- निर्वाचनमा ३३४ मतदाताले मतदान गरेका थिए र नयाँ नेतृत्वको चयनका लागि ५७ सदस्यीय जिल्ला समितिको निर्वाचन सम्पन्न भएको छ।
२९ वैशाख, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको अध्यक्षमा पशुपति यादव निर्वाचित भएका छन् ।
प्रथम जिल्ला अधिवेशन अन्तर्गत आइतबार भएको निर्वाचनमा उनले निकटतम प्रतिद्वन्द्वी शत्रुधन यादवलाई ४ मतले पराजित गर्दै विजयी भएका हुन् ।
पशुपति यादवले १६८ मत प्राप्त पाएर निर्वाचित हुँदा शत्रुधन यादवले १६४ मत प्राप्त गरे । पशुपति यादव यसअघि पनि जिल्ला अध्यक्ष थिए ।
दुई जना उपाध्यक्षमा दिनेशप्रसाद यादव र ललित मण्डल विजयी भएका छन् । दिनेशले १८० र ललितले १५० मत प्राप्त गरी विजयी भएका छन् ।
उनीहरुका निकटतम प्रतिद्वन्द्वी राम शंकर पासवान १२४ र अब्दुल मनाङ्गले ७७ मत प्राप्त मात्र प्राप्त गर्न सके । उपाध्यक्ष निर्वाचित दिनेश यादव धनुषाको शहीदनगर नगरपालिकाका मेयर हुन् ।
सचिवमा रामनारायण कापडी ९७ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी उमेश महतोले ७० मत मात्र प्राप्त गरेका छन् ।
उपसचिवमा राम विहारी यादव १६० र शशिचन्द्र यादव १५७ मत र कोषाध्यक्ष पदमा सुजिता यादव १५७ मत प्राप्त गरी विजयी भएका छन् ।
सदस्यहरुको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।
७ पदाधिकारीसहित ५७ सदस्य जिल्ला समितिको नव नेतृत्व चयनको लागि ३४२ प्रतिनिधि रहेका थिए । जसमा मतदानमा भने ३३४ जनाले मतदान गरेका थिए ।
प्रतिक्रिया 4