+
+
Shares

युवतीलाई भारत पुर्‍याएर यौन धन्दामा लगाएको आरोपमा एक महिला पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २९ गते १०:२७

Quick Summary

AI-generated by OK AI. Editorially reviewed.
  • एक महिला पक्राउ परेकी छिन् जसले युवतीलाई नयाँ कपडा किनिदिने भन्दै भारतको रक्सौलमा लगेर यौन व्यवसायमा लगाएको आरोप लागेको छ।
  • पक्राउ परेकी महिला अलिया खातुनविरुद्ध मानव बेचबिखन र ओसारपसारको कसुरमा अनुसन्धान भइरहेको छ र उनलाई पाँच दिनको म्याद थपिएको छ।
  • यसअघि पनि खातुनले अन्य बालिकालाई भारत लगेर यौन व्यवसायमा लगाएको भन्ने सूचनाका आधारमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

२९ वैशाख, काठमाडौं । पीडित एक युवतीलाई नयाँ कपडा किनिदिने भन्दै भारतको रक्सौलमा लगेर यौन पेसामा लगाएको आरोपमा एक महिला पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१६ नगवाकी २० वर्षीया अलिया खातुन छिन् । उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेकी खातुनविरुद्ध पर्सा जिल्ला अदातबाट मानव बेचबिखन तथा ओसार पसारको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको पर्सा प्रहरीका सूचना अधिकारी तथा डीएसपी किशोर लम्सालले बताए ।

यही वैशाखको २१ गते एक युवतीलाई उनले नयाँ कपडा किनिदिन्छु भन्दै भारतको रक्सौल पुर्‍याएकी थिइन् । त्यहाँ लगेर ती युवतीलाई उनले यौन पेसामा लगाएको प्रहरीले बताएको छ । ती युवतीलाई उद्धार गरेर नेपाल फिर्ता ल्याइएको डीएसपी लम्सालले बताए ।

यसअघि पनि खातुन अन्य बालिकाहरुलाई यसैगरी भारत लगेर यौन पेसामा लगाउने गरेको भन्ने सूचना आएकाले त्यसतर्फ पनि अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?