
Quick Summary
AI-generated by OK AI. Editorially reviewed.- नेपालको सामुदायिक होमस्टेलाई टाइम म्यागेजिनले २०२५ का लागि उत्कृष्ट गन्तव्यको सूचीमा राखेको छ ।
- होमस्टेले स्थानीय समुदाय र सांस्कृतिक सम्पदाको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेको छ ।
- सामुदायिक होमस्टे २०१२ मा पनौतीबाट सुरु भएको हो र हाल २०० भन्दा बढी होमस्टे सञ्चालनमा छन् ।
२९ वैशाख, काठमाडौं । विश्वप्रसिद्ध टाइम म्यागेजिनले नेपालको सामुदायिक होमस्टेलाई सन् २०२५ का लागि उत्कृष्ट गन्तव्यको सूचीमा राखेको छ ।
टाइम म्यागेजिनको मूल्यांकन अनुसार नेपालको सामुदायिक होमस्टेले स्थानीय समुदायसँग पर्यटकलाई जोड्नुका साथै सांस्कृतिक सम्पदा संरक्षणमा पनि योगदान पुर्याएको छ ।
नेपालको सामुदायिक होमस्टे सन् २०१२ देखि पनौतीबाट सुरु भएको थियो । पनौतीमा बस्ने एकल महिला मिना कोइरालाले यसको सुरुवात गरेकी थिइन् ।
हाल यो १८ समुदायमा फैलिएको छ र यस मातहत २०० भन्दा बढी होमस्टेहरू सञ्चालित छन् ।
होमस्टेमार्फत् स्थानीय समुदायसँग सिधा सम्पर्कमा आउने पर्यटकहरूले नेपालको दिगो पर्यटन र संस्कृति संरक्षणमा सहयोग पुगिरहेको छ ।
प्रतिक्रिया 4