+

जयकुमारनाथ शाह स्मृति अन्तरविद्यालय क्रिकेटको उपाधि डिएभी स्कुललाई

२०८२ वैशाख  २९ गते १६:२४ २०८२ वैशाख २९ गते १६:२४
जयकुमारनाथ शाह स्मृति अन्तरविद्यालय क्रिकेटको उपाधि डिएभी स्कुललाई

२९ बैशाख, काठमाडौं । डिएभी स्कुलले दोस्रो जयकुमारनाथ शाह स्मृति अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

प्रसिद्ध जैशीको अलराउण्ड प्रदर्शन मदतमा सोमबार भएको फाइनलमा डिएभीले गेटवे एकेडेमीलाई ७ विकेटले हराउँदै च्याम्पियन बनेको हो ।

मुलपानी मैदानमा गेटवे एकेडेमीले दिएको ७३ रनको लक्ष्य डिएभी स्कुलले १६.४ ओभरमै ७५/३ रन बनाउँदै पूरा गर्‍यो ।

डिएभीका लागि प्रसिद्ध जैशीले आफ्नो उत्कृष्ट फर्मलाई निरन्तरता दिँदै ४५ बलमा अविजित ३५ रन बनाए । मयंक कुमार शाहले १४ बलमा १६ रनको योगदान दिए । गेटवेका उज्वल गुप्ताले २ तथा र साइमोन पन्तले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको गेटवेले १९.३ ओभरमा सबै विकेट गुमाएर जम्मा ७२ रन बनाएको थियो । गेटवेका मुरशिद इकबालले २३ बलमा १५ रन बनाए भने साबिर अन्सारीले १२ बलमा ११ रन जोडे ।

डिएभीको बलिङ आक्रमण निकै प्रभावशाली रह्यो ।  कमल शाहीले ९ रन मात्र रखअचेर ४ विकेट लिए । यस्तै प्रसिद्ध जैशीले १३ रन खर्चेर ३ विकेट लिए । केशवले अग्रवालले २ विकेट लिए ।

खेलमा अलराउण्ड प्रदर्शन गरेका डिएभकीका प्रसिद्ध जैशी म्यान अफ द म्याच घोषित भए ।

डिएभी स्कुलका प्रसिद्ध जैशी प्लेअर अफ दि टुर्नामेन्ट समेत घोषित भए । यस्तै डिभएकै कमल शाही बेस्ट बलर र गेटवे स्कुलका सविर अन्सारी बेस्ट ब्याटर घोषित भए । एन्जलहर्ट स्कुलका अभिषेक कठायत इमर्जिङ प्लेअर घोषित भए ।

जयकुमारनाथ शाह स्मृति अन्तरविद्यालय क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय