
Quick Summary
AI-generated by OK AI. Editorially reviewed.- पूर्वराष्ट्रपति डा. रामवरण यादवले गौतमबुद्धका सन्देश विश्वव्यापी फैलाउन आवश्यक रहेको बताएका छन्।
- काभ्रे सेवा समाजले शान्ति पदयात्रा आयोजना गरी बुद्धका सन्देशको महत्त्व र यसको विश्वव्यापी प्रचारप्रसारमा जोड दिएको छ।
- शान्ति र सांस्कृतिक एकता प्रवर्द्धन गर्न आयोजित पदयात्रामा पाँच सयभन्दा बढी सहभागी थिए।
२९ वैशाख, काभ्रेपलाञ्चोक । पूर्वराष्ट्रपति डा. रामवरण यादवले गौतमबुद्धका सन्देश विश्वभर फैलाउन आवश्यक रहेको बताएका छन् ।
हरेक व्यक्तिका लागि जीवनोपयोगी बुद्धका सन्देशलाई देश विदेशमा फैल्याउन नागरिक र सरकार सबै लाग्नु पर्ने उनको भनाइ छ ।
बुद्ध जयन्तीका अवसरमा काभ्रे सेवा समाजले सोमबार गरेको शान्ति पदयात्रा शुभारम्भ गर्दै प्रथम राष्ट्रपतिले विश्व शान्तिका लागि बुद्धका सन्देशको सान्दर्भिकता अझै बढेको बताए ।
‘गौतमबुद्धका सन्देशलाई विश्वव्यापी बनाउन आवश्यक छ, यसका लागि सबै पक्ष लाग्नु आवश्यक छ,’ उनले भने ।
काभ्रे सेवा समाजले काभ्रेपलाञ्चोकको ऐतिहासिक एवं पुरातात्विक नगर पनौतीदेखि ऐतिहासिक तथा पर्यटकीयस्थल नमोबुद्धसम्म बृहत् शान्ति पदयात्रा आयोजना गरेको हो ।
गौतमबुद्धले पाइला टेकेको पनौतीको मानेश्वरीदेखि सुन्थान–ईंटे–शंखु–शंखेश्वरी जङ्गल हुँदै नमोबुद्धसम्म सांस्कृतिक शान्ति पदयात्रा आयोजना गरिएको पदयात्रामा पाँच सयभन्दा बढी सहभागी रहेका आयोजकले जनाएको छ ।
प्रतिक्रिया 4