+
+
Shares

पत्रकार फणि महतको निधन

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३१ गते ७:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रौतहटका पत्रकार फणि महतको ब्रेन ट्युमरको उपचारका क्रममा काठमाडौंमा निधन भएको छ।
  • महत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय थिए र रेडियो सुप्रिमको सञ्चालक तथा अन्नपूर्ण पोस्टको रौतहट जिल्ला संवाददाताका रुपमा कार्यरत थिए।
  • नेपाल पत्रकार महासंघ मधेश प्रदेशले महतको निधनप्रति शोक व्यक्त गर्दै पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति भएको बताएको छ।

३१ वैशाख, रौतहट । रौतहटका पत्रकार फणि महतको निधन भएको छ । करिब दुईवर्षदेखि ब्रेन ट्युमरबाट पीडित महतको उपचारको क्रममा काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा मंगलबार राति साढे १० बजे निधन भएको हो ।

रौतहटको चन्द्रपुर नगरपालिका ४ का ४० वर्षीय महत दुई दशकदेखि पक्रकारितामा सत्रिय थिए । चन्द्रपुरको रेडियो सुप्रिमको सञ्चालक समेत रहेका महत अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकको रौतहट जिल्ला संवाददाताको रुपमा कार्यरत थिए ।

उनको निधनप्रति नेपाल पत्रकार महासंघ मधेश प्रदेशले शोक व्यक्त गरेको छ । महासंघका मधेश प्रदेश महासचिव शैलेन्द्र महतोले शोक विज्ञप्ति जारी गर्दै अल्पायुमै भएको पत्रकार महतको निधनले मोफसलको पत्रकारिता क्षेत्रमा अपुरणीय क्षति पुगेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?