
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको नागढुंगामा ट्राफिक इन्स्पेक्टरले प्रहरी जवानलाई कुटपिट गरेको घटना भएको छ।
- प्रहरीले घटनाको आन्तरिक छानबिन सुरु गरेको छ।
- भिडिओको मिति यकिन भइसकेको छैन।
३१ वैशाख, काठमाडौं । ट्राफिक प्रहरीका इन्स्पेक्टरबाट जनपद प्रहरीका एक प्रहरी जवान कुटिएका छन् ।
काठमाडौंको नागढुंगामा ट्राफिकका एक इन्स्पेक्टरले प्रहरी जवानलाई गालामा चड्कन हानेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
भिडिओ सार्वजनिक भएपछि प्रहरीले आन्तरिक रुपपमा छानबिन अघि बढाएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका एसएसपी विनोद घिमिरेले घटनाबारे बुझ्ने काम भइरहेको बताए ।
‘भिडिओमा देखिएका इन्स्पेक्टरलाई कार्यालयमा बोलाएका छौं । सोधपुछ गरेपछि मात्रै किन कुटपिट भएको हो भन्ने खुल्ला,’ एसएसपी घिमिरेले भने । गल्ती नै गरेको भए पनि कारबाही गर्ने छुट्टै प्रक्रिया भए पनि सडकमै हात हाल्नु राम्रो नभएको उनले बताए ।
भिडिओ कहिलेको हो भन्ने पनि यकिन हुन बाँकी नै रहेको छ । कुट्ने र कुटाइ खाने दुवै प्रहरी अहिले पनि नागढुंगामै रहेकाले हालसालैको जस्तो देखिए पनि कहिलेको भिडिओ हो भन्ने यकिन हुन बाँकी नै रहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया 4