+
+
Shares

एकै दिन साढे तीन दर्जन बढी आरोही सगरमाथा शिखरमा

पर्यटन विभाग अनुसार बुधबार आरोही र सहयोगी गरी ४० भन्दा धेरै आरोही सगरमाथा चुचुरो पुगेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३१ गते १८:२१
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सगरमाथा आरोहण सिजन सुरु भएसँगै ४० भन्दा बढी आरोहीहरूले चुचुरो चुम्न सफल भएका छन् ।
  • अहिलेको सिजनमा २७ हिमालमा १ हजार १४० भन्दा बढी आरोहीहरूले अनुमति प्राप्त गरेका छन्, जसमा सगरमाथामा ४५८ जना छन् ।
  • अधिकांश आरोही युक्रेन, जापान र चीनबाट आएका छन् र नेपाली शेर्पा सहयोगीसँगै आरोहण गरेका छन् ।

३१ वैशाख, काठमाडौं । यसपालि वसन्तु ऋतुको सगरमाथा आरोहण सुरु भएसँगै बुधबार तीन दर्जनभन्दा बढी आरोहीले चुचुरो चुम्न सफल भएका छन् ।

पर्यटन विभाग अनुसार बुधबार आरोही र सहयोगी गरी ४० भन्दा धेरै आरोही सगरमाथा चुचुरो पुगेका छन् ।

आज अधिकांश युक्रेन, जापान र चीनको टोलीले नेपाली शेर्पा सहयोगीसँगै सगरमाथाको सफल आरोहण गरेका हुन् ।

जारी सिजनका लागि २७ हिमालमा १ हजार १ सय ४० जनाले अनुमति लिएका छन् । यसमध्ये सगरमाथामा मात्र ४ सय ५८ जनाले आरोहण अनुमति लिएको विभागले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?