+
+
Shares

हाजिरीविना दिवा खाजामा २७ करोड खर्च

आर्थिक वर्ष २०८०/८१ मा १ सय २४ स्थानीय तहले विद्यार्थी हाजिर प्रमाणित अभिलेख बेगर दिवा खाजामा २७ करोड ९९ लाख २९ हजार खर्च लेखेको औंल्याएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३१ गते १८:५२
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विद्यालयहरूले हाजिरी प्रमाणित नगरी दिवा खाजा वितरण गरेको पाइएको छ।
  • स्थानीय तहहरूले विद्यार्थी हाजिरी र लक्षित वर्गको प्रयोग नपुगेको स्यानिटरी प्याडको खरिदमा ठूलो रकम खर्च गरेका छन्।
  • महालेखा परीक्षकको कार्यालयले यी अनियमितता र खर्चको विवरणलाई ध्यानाकर्षण गराएको छ।

३१ वैशाख, काठमाडौं । विद्यालयहरूले दिवा खाजा वितरण हाजिरीविना गरेको विवरण रहेको भन्दै महालेखा परीक्षकको कार्यालयले ध्यानाकर्षण गराएको छ ।

कार्यालयले आफ्नो ६२औं वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०८०/८१ मा १ सय २४ स्थानीय तहले विद्यार्थी हाजिर प्रमाणित अभिलेख बेगर दिवा खाजामा २७ करोड ९९ लाख २९ हजार खर्च लेखेको औंल्याएको हो ।

यस्तै सोही आवमा १ सय ५१ स्थानीय तहले ९ करोड ८ लाख ७५ हजारको स्यानिटरी प्याड खरिद गरी खर्च लेखेकोमा उक्त प्याड लक्षित वर्गको प्रयोगका लागि विद्यालयहरूमा पठाउनुपर्नेमा स्थानीय तहको भण्डारमा मौज्दात रहेको देखिएको महालेखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?