+
+
Shares

काभ्रेको महाभारत गाउँपालिकामा शून्य बेरुजु

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३१ गते २०:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काभ्रेको महाभारत गाउँपालिका शून्य बेरुजु कायम गर्न सफल भएको छ।
  • महालेखा परीक्षकको रिपोर्ट अनुसार, गाउँपालिकाले १ अर्ब २७ करोड ९४ लाख रुपैयाँको लेखापरीक्षण गर्दा शून्य बेरुजु देखिएको हो।
  • गाउँपालिकाका अध्यक्षका अनुसार, यसअघि पनि गाउँपालिकाको बेरुजु शून्य थियो र यसले गाउँपालिकाको आर्थिक स्थिरता दर्शाउँछ।

३१ वैशाख, काठमाडौं । काभ्रेको महाभारत गाउँपालिका शून्य बेरुजु कायम गर्न सफल भएको छ ।

महालेखा परीक्षकको कार्यालयले आज सार्वजनिक गरेको आफ्नो ६२औं वार्षिक प्रतिवेदनमा स्थानीय तहतर्फ महाभारत गाउँपालिकामा शून्य बेरुजु देखिएको हो ।

प्रतिवेदन अनुसार गाउँपालिकामा १ अर्ब २७ करोड ९४ लाख रुपैयाँ लेखापरीक्षण गर्दा शून्य बेरुजु देखिएको हो ।

गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार अघिल्लो वर्ष पनि पालिकाको बेरुजु शून्य थियो । जिम्बाले देशभरिमै आफ्नो गाउँपालिका एक मात्र शून्य बेरुजु भएको पालिका भएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?