+

बटलर, बेथेल र ज्याक्सले आईपीएलको प्लेअफ गुमाउने सम्भावना

२०८२ वैशाख  ३१ गते २१:३१ २०८२ वैशाख ३१ गते २१:३१
बटलर, बेथेल र ज्याक्सले आईपीएलको प्लेअफ गुमाउने सम्भावना

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इंग्ल्यान्डले वेस्ट इन्डिजविरुद्धको घरेलु एकदिवसीय सिरिजका लागि टोली घोषणा गरेको छ र यसले आईपीएल २०२५ को प्लेअफ चरणमा खेलाडीहरूको भाग लिन कठिनाइ हुन सक्ने देखिएको छ।
  • भारत-पाकिस्तानबीचको सीमा तनावका कारण आईपीएल स्थगित भएपछि इंग्ल्यान्डका खेलाडीहरू स्वदेश फर्किएका थिए र अब लिग पुनः सुरु हुँदैछ, जसले उनीहरूको फ्रेन्चाइज र राष्ट्रिय टोलीको प्रतिबद्धता जुधाउने सम्भावना छ।
  • बटलर, बेथेल र ज्याक्सले आफ्नो-आफ्नो फ्रेन्चाइजका खेलहरू खेल्ने क्रममा स्वदेश फर्कने तयारी गरेका छन् र उनीहरूको टोलीमा सहभागी हुने निश्चितता छैन।

३१ वैशाख, काठमाडौं । इंग्ल्यान्डले वेस्ट इन्डिजविरुद्धको घरेलु एकदिवसीय सिरिजका लागि टोली घोषणा गरेपछि जोस बटलर, विल ज्याक्स र जेकब बेथेलले आईपीएल २०२५ को प्लेअफ चरण गुमाउने सम्भावना देखिएको छ।

भारत-पाकिस्तानबीचको सीमा तनावका कारण गत साता आईपीएल स्थगित भएपछि इंग्ल्यान्डका खेलाडीहरू स्वदेश फर्किएका थिए। अब लिग पुनः सुरु हुँदैछ र ती खेलाडीहरू पनि शनिबारदेखि फर्कने तयारीमा छन्। तर, नयाँ तालिकाले उनीहरूको फ्रेन्चाइज र राष्ट्रिय टोलीको प्रतिबद्धताबीच समय जुधाउने देखिएको छ।

बटलर (गुजरात टाइटन्स), बेथेल (रोयल च्यालेन्जर्स बेंगलुरु) र ज्याक्स (मुम्बई इन्डियन्स) तीनै जनाको इंग्ल्यान्डको लागि खेल्नुपर्ने छ।

क्रिकइन्फोका अनुसार बेथेल बेंगलुरुको आगामी दुई खेलका लागि भारत फर्किनेछन् तर अन्तिम समूह चरणको खेल अगाडि स्वदेश फर्किने र एजबास्टनमा हुने पहिलो एकदिवसीय खेलका लागि टोलीमा रिपोर्ट गर्नेछन्।

ज्याक्स मुम्बई इन्डियन्सका लागि अन्तिम दुई समूह खेल खेल्नेछन् र त्यसपछि फर्किनेछन्। बटलर पनि भारत फर्किने तयारीमा छन् तर एकदिवसीय सिरिज सुरु हुनु अघि स्वदेश फर्किने अनुमान गरिएको छ।

आईपीएल क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय