News Summary
Generated by OK AI. Editorially reviewed.- इंग्ल्यान्डले वेस्ट इन्डिजविरुद्धको घरेलु एकदिवसीय सिरिजका लागि टोली घोषणा गरेको छ र यसले आईपीएल २०२५ को प्लेअफ चरणमा खेलाडीहरूको भाग लिन कठिनाइ हुन सक्ने देखिएको छ।
- भारत-पाकिस्तानबीचको सीमा तनावका कारण आईपीएल स्थगित भएपछि इंग्ल्यान्डका खेलाडीहरू स्वदेश फर्किएका थिए र अब लिग पुनः सुरु हुँदैछ, जसले उनीहरूको फ्रेन्चाइज र राष्ट्रिय टोलीको प्रतिबद्धता जुधाउने सम्भावना छ।
- बटलर, बेथेल र ज्याक्सले आफ्नो-आफ्नो फ्रेन्चाइजका खेलहरू खेल्ने क्रममा स्वदेश फर्कने तयारी गरेका छन् र उनीहरूको टोलीमा सहभागी हुने निश्चितता छैन।
३१ वैशाख, काठमाडौं । इंग्ल्यान्डले वेस्ट इन्डिजविरुद्धको घरेलु एकदिवसीय सिरिजका लागि टोली घोषणा गरेपछि जोस बटलर, विल ज्याक्स र जेकब बेथेलले आईपीएल २०२५ को प्लेअफ चरण गुमाउने सम्भावना देखिएको छ।
भारत-पाकिस्तानबीचको सीमा तनावका कारण गत साता आईपीएल स्थगित भएपछि इंग्ल्यान्डका खेलाडीहरू स्वदेश फर्किएका थिए। अब लिग पुनः सुरु हुँदैछ र ती खेलाडीहरू पनि शनिबारदेखि फर्कने तयारीमा छन्। तर, नयाँ तालिकाले उनीहरूको फ्रेन्चाइज र राष्ट्रिय टोलीको प्रतिबद्धताबीच समय जुधाउने देखिएको छ।
बटलर (गुजरात टाइटन्स), बेथेल (रोयल च्यालेन्जर्स बेंगलुरु) र ज्याक्स (मुम्बई इन्डियन्स) तीनै जनाको इंग्ल्यान्डको लागि खेल्नुपर्ने छ।
क्रिकइन्फोका अनुसार बेथेल बेंगलुरुको आगामी दुई खेलका लागि भारत फर्किनेछन् तर अन्तिम समूह चरणको खेल अगाडि स्वदेश फर्किने र एजबास्टनमा हुने पहिलो एकदिवसीय खेलका लागि टोलीमा रिपोर्ट गर्नेछन्।
ज्याक्स मुम्बई इन्डियन्सका लागि अन्तिम दुई समूह खेल खेल्नेछन् र त्यसपछि फर्किनेछन्। बटलर पनि भारत फर्किने तयारीमा छन् तर एकदिवसीय सिरिज सुरु हुनु अघि स्वदेश फर्किने अनुमान गरिएको छ।
प्रतिक्रिया 4