१ जेठ, काठमाडौं । स्पानिस ला लिगाको दोस्रो स्थानमा रहेको रियल मड्रिडले मायोर्का विरुद्ध २-१ को पुनरागमन जित हात पारेको छ ।
यो जितपछि शीर्ष स्थानको बार्सिलोनाले ला लिगाको उपाधि जित्न थप कुर्नुपर्ने भएको छ ।
रियलले ३६ खेलबाट ७८ अंक जोडेको छ । शीर्ष स्थानको बार्सिलोनाको ३५ खेलबाट ८२ अंक छ । बार्सिलोनाले अब हुने स्पानयोल विरुद्ध खेल जितेमा उपाधि पक्का गर्नेछ ।
रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा मार्टिन भालेजन्टले ११औं मिनेटमा गोल गर्दै मायोर्कालाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा मायोर्काले अग्रता कायम राखेपनि दोस्रो हाफमा रियलले पुनरागमन गरेको हो ।
केलिएन एमबाप्पेले ६८औं मिनेटमा रियलका लागि बराबरी गोल गरे ।
निर्धारित समयको खेल बराबरीमा सकिने संकेत दिएपनि जाकुबो रामोनले इन्जुरी टाइमको पाँचौ मिनेटमा गोल गर्दै रियललाई जित दिलाए ।
प्रतिक्रिया 4