+
+
Shares

सगरमाथा बेस क्याम्पमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा

महामन्त्री शर्मा स्वयंले सामाजिक सञ्जालबाट आफू सगरमाथा आधार शिविर पुगेको जानकारी दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १ गते १६:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेस महाममन्त्री विश्वप्रकाश शर्माले सगरमाथा आरोहण गर्ने योजना बनाएका छन्।
  • पर्यटन विभागले उनलाई आरोहण अनुमति दिएको पुष्टि गरेको छ।
  • अहिले धेरै आरोहीहरू सगरमाथाको चुचुरोमा पुगिरहेका छन्।

१ जेठ, काठमाडौं । नेपाली कांग्रेस महाममन्त्री विश्वप्रकाश शर्मा  सर्वोच्च शिखर सगरमाथाको बेसक्याम्प पुगेका छन् । महामन्त्री शर्मा स्वयंले सामाजिक सञ्जालबाट आफू सगरमाथा आधार शिविर पुगेको जानकारी दिएका छन् ।

उनी यसअघि पनि लुबुचे हिमाल पुगिसकेका छन् । सगरमाथा आरोहणका लागि कम्तीमा ५ हजार फिट अग्लो हिमाल चढिसकेको व्यक्ति हुनुपर्नेछ । उनले सो भन्दा पनि अग्लो हिमाल चढिसकेकाले पर्यटन विभागले सगरमाथा आरोहण अनुमति पत्र पनि दिइसकेको छ ।

निर्देशक हिमाल गौतमका अनुसार महामन्त्री शर्माले सगरमाथा आरोहण अनुमति प्राप्त गरेका हुन् ।

आधार शिविरबाट अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘म सगरमाथा आरोहणका लागि योग्य भएको अनुमति पत्र प्राप्त व्यक्ति हुँ । यो पटक आधार शिविरसम्म आइपुगेको छु । कति सम्म पुग्न सकिन्छ हेरौं ।’

बजेट प्रस्तुत हुनुअघि आफू संसद्‌मा उपस्थित हुनुपर्ने भएकाले यो पटक सगरमाथाको चुचुरोमै पुग्न सकिन्छ वा सकिँदैन भन्ने यकिन नभइसकेको उनी बताउँछन् ।

अहिले आरोहीहरू धमाधम सगरमाथा चुचुरो पुगिरहेका छन् । बुधबार मात्र ४० भन्दा धेरै आरोही चुचुरो पुगेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?