
प्रतिनिधि सभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समिति बैठक । तस्वीर : गोपाल दाहाल/रासस
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले निजामती सेवा विधेयक आजै पारित गर्ने तयारी गरिरहेको छ।
- अवकाश उमेर ६० वर्ष बनाउने विषयमा सहमति भए पनि, एकै पटक ६० वर्ष लागू गर्ने वा नगर्ने विषयमा छलफल भइरहेको छ।
- अवकाशपछि कर्मचारीले अर्को नियुक्तिका लागि निश्चित समय (कुलिङ पिरियड) पर्खनुपर्ने र यसको अवधि कति हुने भन्ने विषयमा पनि छलफल जारी छ।
२ जेठ, काठमाडौं । निजामती सेवा विधेयकबारे संसदीय समितिमा छलफल जारी छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले यो विधेयक आजै पास गर्ने तयारी गरेको छ ।
कर्मचारीले पाउने अवकाश उमेर कसरी लागू गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ । अवकाश उमेर ६० वर्ष बनाउनेमा सहमति छ । तर, एकै पटक ६० वर्ष लागू वा नगर्ने भन्नेमा छलफल चलिरहेको छ ।
अवकाश पाएका कर्मचारीले अर्को नियुक्तिका लागि निश्चित समय (कुलिङ पिरियड) पर्खनुपर्ने विषय पनि राखिँदैछ । तर, कति साय कुलिङ पिरियड राख्ने भन्नेमा पनि मत मिलेको छ ।
यो विषयमा पनि छलफल जारी छ । छलफल सकाएर आजै विधेयक पारित गर्ने गरी बैठक राखिएको समिति सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4