
News Summary
Generated by OK AI. Editorially reviewed.- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा युद्धविरामको लागि अरब देशका नेताहरूलाई बगदादमा भेला हुन अपिल गरेका छन्।
- गाजामा जारी इजरायली आक्रमणले २५० भन्दा बढी मानिसको मृत्यु भएको र ५३ हजारभन्दा बढी प्यालेस्टिनी मारिएको छ, जसले मानवीय संकट गहिरो बनाएको छ।
- अमेरिका र अरब राष्ट्रहरूले गाजा र लेबनानको पुनर्निर्माण र मानवीय सहायता प्रवाहका लागि दबाब बढाउँदैछन्।
३ जेठ, काठमाडौं । गाजामा युद्धविरामको नयाँ प्रयासका लागि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अरब देशका नेताहरूलाई बगदादमा भेला हुन अपिल गरेका छन्।
गुटेरेसको यो अपीलको उद्देश्य गाजामा पूर्ण र तुरुन्त युद्धविराम लागू गराउनु हो।
संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले भनेका छन्, ‘इजरायलले स्थलीय अभियानलाई अझ विस्तार गर्ने योजना बनाएकोमा म निकै चिन्तित छु।’
मिस्रको काहिरामा भएको अघिल्लो बैठकमा अरब राष्ट्रहरूले गाजामा पुनः बसोबास गराउने विषयमा प्रतिबद्धता जनाएका थिए। इराकका प्रधानमन्त्री मोहम्मद शिया अल-सुदानीले भनेका थिए, ‘गाजा र लेबनानको पुनर्निर्माणका लागि हाम्रो देशले ४ करोड डलर सहयोग गर्नेछ।’
बिहीबारदेखि हालसम्म इजरायली आक्रमणमा २५० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ। अलजजिराका अनुसार इजरायल हमलामा अहिलेसम्म ५३ हजार प्यालेस्टिनीको मृत्यु भइसकेको छ ।
इजरायलमाथि आफ्ना निकट सहयोगी राष्ट्रहरूबाट गाजामाथिको दश हप्तादेखिको नाकाबन्दी हटाउन र मानवीय सहायता पुग्न दिनका लागि दबाब बढ्दै गएको बेला यी आक्रमणहरू भइरहेका छन् । अमेरिकाले पनि यसबारे चिन्ता व्यक्त गरेको छ।
प्रतिक्रिया 4