Comments Add Comment

न्यौपाने र मैनालीले नेतृत्वको चुरेभावर पार्टीवीच एकिकरण

२६ असार, काठमाडौं । पूर्व मन्त्री बद्रीप्रसाद न्यौपाने नेतृत्व गरेको चुरे भावर राष्ट्रिय एकता पार्टी नेपाल र केशवप्रसाद मैनालीले नेतृत्व गरेको चुरे भावर राष्ट्रिय पार्टी एकीकरण भएको छ ।

बिहीबार संयुक्त पत्रकार सम्मेलन गरेर दुई पार्टीका अध्यक्षहरुले एकताको घोषणा गरेका हुन् । एकीकृत पार्टीको अध्यक्ष न्यौपाने रहका छन् भने मैनालीलाई सर्वोच्च नेताको पद दिइएको छ । त्यसैगरी दुबै पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई यथास्थितिमा एकीकृत गरिएको छ । चुरे भावर राष्ट्रिय एकता पार्टी नेपाल नामाकरण गरिएको एकीकृत पार्टीको केन्द्रीय समिति १३१ सदस्यीय बनाइएको छ । पार्टीको झण्डा पनि चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले प्रयोग गरिरहेको आन्दोलन ताकाकै झण्डा प्रयोग गर्ने सहमति समेत भएको छ ।

पत्रकार सम्मेलनमा चुरेेभावर राष्ट्रिय एकता पार्टी नेपालका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले पार्टी फुट्दा विगतमा पार्टीले उठाएको एजेन्डाहरु छायाँमा परेको भन्दै संविधानमा आफ्ना मागहरुलाई स्थापित गर्नपनि पार्टी एकता गरेको बताए । न्यौपानेले विगतमा सरकारसँग भएका सम्झौतालाई बेवास्ता गरे आफूहरु फेरि पनि आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए ।

चुरेभावर राष्ट्रिय पार्टीका अध्यक्ष केशवप्रसाद मैनालीले विगतमा पार्टी फूटाएर आफूहरुले ठूलो गल्ती गरेको स्वीकार गरे । आगामी दिनमा चुरेभावरलाई अझ सशक्त र बलियो पार्नका लागि आफू कार्यकारी पदमा नरहेर भएपनि युवा नेता बद्रीप्रसाद न्यौपानेको नेतृत्व स्वीकारेर अघि बढ्न तम्सेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment