+
+
Shares

पहाडमा पनि पक्की सडक सञ्जाल विस्तार गर्न आवश्यक : मन्त्री भण्डारी

बर्सेनि सडक निर्माणमा राज्यको खर्बौं रकम खर्च हुने तर गुणस्तरीय नहुँदा एकातर्फ बनाउँदै जाने र अर्कातर्फ भत्किँदै गएको उल्लेख गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ५ गते १२:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मन्त्री दामोदर भण्डारीले गुणस्तरीय सडक सञ्जाल निर्माणमा ध्यान दिनुपर्ने बताएका छन्।
  • मन्त्री भण्डारीले पहाडमा पनि पक्की सडक सञ्जाल विस्तार गर्न आवश्यक रहेको बताए।

५ जेठ, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गुणस्तरीय सडक सञ्जाल निर्माणमा ध्यान दिनुपर्ने बताएका छन् ।

नेपाल सिमेन्ट उत्पादक संघले ललितपुरमा आयोजना गरेको कार्यक्रममा नेपाल सिमेन्ट र डन्डी उत्पादनमा आत्मनिर्भर भइसकेको अवस्थामा बलियो र गुणस्तरीय सडक निर्माणमा ध्यान दिन आग्रह गरेका हुन् ।

बर्सेनि सडक निर्माणमा राज्यको खर्बौं रकम खर्च हुने तर गुणस्तरीय नहुँदा एकातर्फ बनाउँदै जाने र अर्कातर्फ भत्किँदै गएको उनले उल्लेख गरे ।

‘हाम्रो सबैभन्दा बढी खर्च सडक पूर्वाधारमा भइरहेको छ । तर, हामी बनाउँदै जान्छौं र त्यो भत्किँदै जान्छ,’ मन्त्री भण्डारीले भने, ‘सिमेन्ट र डन्डीको प्रयोग गरेर १०/१५ वर्षसम्म टिक्ने गुणस्तरीय सडक बनाउन सक्छौं । सुरक्षित सडक सञ्जाल निर्माण गर्नु आवश्यक छ ।’

उनले हालको परिस्थितिमा पहाडमा पनि पक्की सडक सञ्जाल पुर्‍याउनुपर्ने देखिएको बताए ।

नेपालको क्रसर उद्योगको अवस्थाबारे बोल्दै मन्त्री भण्डारीले नेपालमा क्रसर उद्योग दर्ता प्रक्रिया मापदण्ड कडा बनाइएका कारण राज्यले राजस्व गुमाइरहेको बताए ।

उनले नेपालले वार्षिक ५ खर्ब रुपैयाँ बराबरको ढुङ्गा, गिट्टी, बालुवा खेर गइरहेको तर्क गरे । खेर गएको ढुङ्गा, गिट्टी, बालुवाबाट सिमेन्ट बनाइ गुणस्तरीय सडक बनाउनुपर्ने उनको जोड थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?