+
+
Shares
कोशीको नीति तथा कार्यक्रम  :

राष्ट्रध्यक्षको घर संरक्षणदेखि ‘कृषक सबैभन्दा अगाडि’ अभियानसम्म (पूर्णपाठ)

मैथिली र लिम्बू भाषालाई कामकाजी बनाइने

मैथिली र लिम्बू भाषालाई प्रदेशको कामकाजी भाषा बनाउने योजना अघि सारेको छ ।

हरि अधिकारी हरि अधिकारी
२०८२ जेठ ५ गते १६:५६
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कोशी प्रदेशले सोमबार नीति तथा कार्यक्रम सार्वजनिक गरी विकास र संरक्षणमा प्राथमिकता दिएको छ।
  • सरकारले राष्ट्रध्यक्ष र प्रधानमन्त्रीको जन्मस्थल संरक्षण र मैथिली, लिम्बू भाषालाई कामकाजी भाषा बनाउने योजना बनाएको छ।
  • सडक मानवमुक्त प्रदेश, स्वास्थ्य साक्षरता र जलवायु सम्मेलन आयोजना गर्ने नीति समेत घोषणा गरिएको छ।

५ जेठ, विराटनगर । कोशी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ ।

सोमबार प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । सरकारको नीति तथा कार्यक्रममा विकासे योजनाहरूलाई प्राथमिकताका साथ अघि बढाउने उल्लेख छ ।

सरकारले राष्ट्रध्यक्ष र प्रधानमन्त्रीको जन्मस्थल र घरको संरक्षण गर्ने नीति पनि लिएको छ । नीति तथा कार्यक्रममा भनिएको छ,‘कोशी प्रदेशसँग सम्बद्ध राष्ट्रिय विभूती, राष्ट्राध्यक्ष तथा प्रधानमन्त्री हुनु भएका व्यक्तित्वको सम्मानार्थ परिवारसँगको सहकार्यमा उहाँहरूको जन्मस्थल र घर संरक्षणको व्यवस्था मिलाइने छ ।’

मैथिली र लिम्बू भाषालाई प्रदेशको कामकाजको भाषा बनाइने भएको छ । सबै प्रकारका विभेद र हिंसामुक्त प्रदेश निर्माण गर्ने सरकारले नीति बनाएको छ । सडक मानवमुक्त प्रदेश बनाउने सरकारको नीति छ । मेरो स्वास्थ्य मेरो जिम्मेवारी अभियान मार्फत स्वास्थ्य साक्षरता सञ्चालन गर्ने भएको छ ।

कोशी प्रदेश जलवायु सम्मेलन आयोजना गर्ने नीति पनि छ ।

मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रलाई ‘कोशी अत्यावश्यक सेवा केन्द्र’ मा रूपान्तरण गर्ने सरकारको योजना छ ।

यातायात व्यवस्था कार्यालयमा सुरुवात भएको विद्युतीय भुक्तानी प्रणालीलाई थप सुदृढ गर्ने सरकारको नीति छ ।

सवारी दर्ता, नवीकरण, सवारी चालक अनुमतिपत्र जारी तथा नवीकरण लगायतका सेवामा विद्युतीय प्रणालीबाट भुक्तानी गर्ने व्यवस्थालाई कार्यान्वयन गर्ने नीति सरकारको छ ।

कृषि, पशुपन्छी र मत्स्य क्षेत्रमा अनुभव र ज्ञान हासिल गरेका व्यावसायिक कृषकमार्फत सेवा प्रवाह र क्षमता अभिवृद्धि गर्ने योजना बनाएको सरकारले अगुवा कृषकलाई सम्मान गर्ने र ‘कृषक सबैभन्दा अगाडि’ भन्ने अवधारणालाई कार्यान्वयन गर्न कृषक केन्द्रित अभियान सञ्‍चालन गर्ने नीति लिएको छ ।

हेर्नुहोस् पूर्णपाठ :

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?