+
+
Shares

नारायणघाट–बुटवल सडक दाउन्ने बाहेक खण्डमा एकतर्फी कालोपत्र

पुल र कालोपत्र गरी ९३.९४ किलोमिटर पक्की सडकमा यात्रा गर्न सम्भव भएको आयोजनाले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ५ गते १७:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंमा महेन्द्र राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको ९३.९४ किलोमिटर क्षेत्रमा एकतर्फी कालोपत्र सम्पन्न भएको छ।
  • सडकको ९०.८७ किलोमिटर भागमा एकतर्फी कालोपत्र र पुलको ओगटाइ ११३.५३ किलोमिटर सडकको प्रगति भएको छ।
  • आयोजनाले जनाएको छ, अब ८३ प्रतिशत सडकमा कालोपत्र यात्रा गर्न सकिन्छ र बाँकी दाउन्ने क्षेत्रमा काम भइरहेको छ।

५ जेठ, काठमाडौं । महेन्द्र राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गत दाउन्ने खण्डबाहेक सडकमा एकतर्फी कालोपत्र भएको छ ।

योसँगै अब यो सडक खण्डको ९३.९४ किलोमिटर क्षेत्रमा पक्की सडकमा यात्रा गर्न सकिने भएको छ । कुल ११३.५३ किलोमिटर सडकमध्ये ३.०७ किलोमिटर सडक पुलले ओगटेको छ ।

९०.८७ किलोमिटर सडक भने एकतर्फी कालोपत्र सम्पन्न भएको छ । पुल र कालोपत्र गरी ९३.९४ किलोमिटर पक्की सडकमा यात्रा गर्न सम्भव भएको आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार यो खण्डको अब ८३ प्रतिशत सडकमा कालोपत्र यात्रा गर्न सकिने भएको छ । बाँकी खण्ड दाउन्ने क्षेत्रको हो । दाउन्नेमा अहिले कल्भर्ट निर्माणको काम अन्तिम चरणमा रहेको आयोजनाले जनाएको छ ।

कतिपय स्थानमा ढलान सडक निर्माणको काम समेत समानान्तर अगाडि बढेको आयोजनाको भनाइ छ । अहिले यो सडकको भौतिक प्रगति ६६.५० प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?