+

लखनउका बलर दिग्वेश राठी आईपीएलको एक खेलका लागि निलम्बित

२०८२ जेठ  ६ गते ११:४४ २०८२ जेठ ६ गते ११:४४
लखनउका बलर दिग्वेश राठी आईपीएलको एक खेलका लागि निलम्बित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लखनउ सुपर जायन्ट्सका बलर दिग्वेश राठीलाई आईपीएल आचारसंहिता उल्लंघनपछि एक खेलका लागि निलम्बन र थप डिमेरिट अंक दिइएको छ।
  • अभिषेक शर्मालाई आउट गरेपछि राठीले विकेट सेलिब्रेसन गरे, जसलाई शर्माले मन पराएन र दुई खेलाडीबीच भनाभन भयो।
  • राठीले यस सिजनमा तीन पटक कारवाही भोगेका छन् र अब २२ मे मा गुजरात टाइटन्सविरुद्धको खेल गुमाउनेछन्।

६ जेठ, काठमाडौं । लखनउ सुपर जायन्ट्सका बलर दिग्वेश राठीलाई आईपीएल आचारसंहिता उल्लंघन गरेपछि एक खेलका लागि निलम्बन गरिएको छ।

उनलाई सोमबारको सनराइजर्स हैदराबाद विरुद्धको खेलमा अनुशासनहीन व्यवहारका कारण थप २ डिमेरिट अंक दिइएको छ, जसले गर्दा उनको कुल डिमेरिट अंक ५ पुगेको छ। साथै, उनको खेल शुल्कको ५० प्रतिशत पनि कटौती गरिएको छ।

हैदराबादका बाँयाहाते ओपनिङ ब्याटर अभिषेक शर्मालाई आउट गरेपछि राठीले आफ्नो ‘बुक सिग्नेचर’ शैलीमा विकेट सेलिब्रेसन गरे। अन्य खेलमा पनि यो सेलेब्रसन गर्दै आएका उनको यसपटकको प्रतिक्रिया भने अभिषेकले मन पराएनन् ।

अभिषेक फर्कँदै गर्दा पनि त्यहाँ केही शब्द साटासाट भएको थियो । अभिषेकलाई अपमानजनक लागेपछि उनले पनि केही बोले र त्यसपछि दुई खेलाडी एकअर्कातर्फ बढेका थिए । दुवैबीच केही भनाभन भएपछि अम्पायर र खेलाडीहरू नै बीचमा आएर स्थिति सामान्य बनाएका थिए ।

राठीले यस सिजनमा यो तेस्रो कारवाही भोगेका हुन् । उनले यसअघि अप्रिल १ मा पञ्जाब किंग्स विरुद्ध १ डिमेरिट अंक र अप्रिल ४ मा मुम्बई इन्डियन्स विरुद्ध २ डिमेरिट अंक पाइसकेका थिए।

नयाँ आईपीएल नियमअनुसार, पाँच डिमेरिट अंक पुगेपछि खेलाडीलाई एक खेलको निलम्बन हुन्छ। अब राठी मे २२ मा अहमदाबादमा गुजरात टाइटन्सविरुद्ध हुने खेल गुमाउनेछन्।

सोही क्रममा अभिषेक शर्मालाई पनि १ डिमेरिट अंक र २५ प्रतिशत म्याच फी कटौती गरिएको छ। उनको भने यो पहिलो गल्ती हो।

सोमबारको खेलमा हैदराबादसँग पराजित भएको लखनउ प्लेअफ होडबाट बाहिरिएको छ भने हैदराबाद पनि यसअघि नै प्लेअफ होडबाट बाहिरिएको थियो ।

दिग्वेश राठी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय