
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अहिले नेपालमा राजा ल्याउनु नहुने बताए।
- उनले संवैधानिक राजतन्त्र नमान्दा नै राजा ज्ञानेन्द्र शाह राजाबाट हटाइएको बताए।
- बिजुक्छेले भारत वा अमेरिकाले नेपालमा राजतन्त्र ल्याउने प्रयास गरे देशमा लडाईं हुने बताए।
६ जेठ, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अहिले नेपालमा राजा ल्याउनु नहुने भनाइ राखेका छन् ।
मंगलबार भक्तपुरमा आयोजित एक कार्यक्रमपछि कुरा गर्दै उनले नेपालमा अहिले राजतन्त्र ल्याउन नहुने बताएका हुन् । संवैधानिक राजतन्त्र नमानेकाले नै तत्कालीन राजा ज्ञानेन्द्र शाह राजाबाट हट्नुपरेको उनले बताए ।
भारत वा अमेरिकाले नेपालमा राजतन्त्र ल्याउने प्रयास गरेको खण्डमा देशमा लडाईं हुने उनले बताए ।
‘अहिलेको राजाले त सबैलाई जेलमा हालिदियो । विरोध भएर गयो । फेरि त्यो आयो भने फेरि जान्छ । बाँकी त रहँदैन नि । यदी त्यसलाई इन्डियाले वा अमेरिकाले ल्याएको हो भने लडाईं हुन्छ देशमा,’ उनले भने, ‘बन्दुक बाहेक अरु उपाय त जनताले मान्दैनन् । अफगानिस्तानमा पनि राजालाई पछि बोलाएको हो । गद्दीमा अब बस्दिन भन्यो । बस्नै सक्दैनन् ।’
उनले अहिलेका दलहरू झगडा गरेर भएका एक दुई वटा नदीनाला पनि नदेलान् भन्ने चिन्ता आफूलाई रहेको उनले बताए ।
‘अहिले हामीलाई डर छ कि पार्टीहरू झगडा गरेर एक दुई वटा नदीनाला बाँकी छ । त्यो नदेलान् । राजा ल्यायो भने राजाले त अहिले बोलाएर सही गराउँछ । सकिन्छ । त्यसकारण अहिले राजालाई ल्याउनु हुँदैन,’ बिजुक्छेको भनाइ छ ।
अध्यक्ष बिजुक्छेले अहिलेका राजनीतिक दलहरूले कार्यकर्ताहरूलाई पैसा, जग्गा बाँड्ने काम मात्रै गरेको आरोप पनि लगाए ।
प्रतिक्रिया 4