+
+
Shares

‘ग्रे लिस्ट’ बाट बाहिरिन गरेका कामको प्रगति प्रधानमन्त्री कार्यालय पठाउनु पर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ६ गते १६:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सचिव बैठकले सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’बाट नेपाललाई बाहिर निकाल्ने कार्यको प्रगति प्रधानमन्त्री कार्यालयमा पठाउने निर्णय गरे।
  • बैठकले जिम्मेवार मन्त्रालयहरूले तीव्रता दिएर प्रगति विवरण पठाउन निर्देशन दिए, नेपाल दोस्रो पटक ‘ग्रे लिस्ट’मा परेको छ।
  • फ्रान्सको ‘फाइनान्सियल एक्सन टास्क फोर्स’ले नेपाललाई जोखिमपूर्ण सूचीमा राखेपछि सरकारले यसबाट बाहिर निकाल्ने योजना बनाएको छ।

६ जेठ, काठमाडौं । तोकिएका मन्त्रालय तथा विभागले सम्पत्ति शुद्धीकरण सम्बन्धी ‘ग्रे लिस्ट’ बाट मुलुकलाई बाहिरिन गरेका कामको प्रगति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउनु पर्ने भएको छ ।

सोमबार बसेको सचिव बैठकले ग्रे लिस्टबाट बाहिरिने शीघ्र सुधारात्मक क्रियाकलापको विस्तृतीकरण २०८२ मा जिम्मेवार निकायका रूपमा रहेका अर्थ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालय लगायत निकायले यस्तो विवरण प्रधानमन्त्री कार्यालयमा पठाउने निर्णय गरेको हो ।

विस्तृतीकरणमा उल्लेख क्रियाकलाप कार्यान्वयनमा तीव्रता दिएर त्यसको प्रगति कार्यालयलाई पठाउने निर्णय बैठकले गरेको हो । नेपाल दोस्रो पटक सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी सम्बन्धी ग्रे लिस्टमा परेको छ ।

गत फागुनमा फ्रान्सको पेरिसमा सम्पन्न ‘फाइनान्सियल एक्सन टास्क फोर्स’ (एफएटीएफ) को प्लेनरी तथा वर्किङ ग्रुप बैठकले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी लगानीको जोखिम पूर्णसूची (ग्रे) लिस्टमा राखेको हो । सरकारले आगामी आवमा यो सूचीबाट नेपाललाई बाहिर निकाल्ने बताइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?