+
+
Shares

६० मिनेटभित्रै फाइनान्स स्वीकृतिमा ४.९९ प्रतिशत ब्याजदरमा ‘प्रोटोन ई–मास ७’ किन्न सकिने

अब ग्राहकले मात्रै ६० मिनेटभित्र फाइनान्स स्वीकृति पाउन सक्नेछन् र केवल ४.९९ प्रतिशत ब्याजदरमा सवारीसाधन किन्न सक्नेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ६ गते १९:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जगदम्बा मोटर्सले ‘प्रोटोन ई–मास७’ का लागि ४.९९ प्रतिशत ब्याजदरको योजना सार्वजनिक गर्‍यो।
  • यस योजनाबाट विद्युतीय सवारीलाई सहज, सुलभ र किफायती बनाउने उद्देश्य राखिएको छ।
  • प्रोटोन ई–मास७ को लोकप्रियता र माग बढ्ने अपेक्षा कम्पनीले गरेको छ।

काठमाडौं । नेपालमा प्रोटोन गाडीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो विद्युतीय सवारी ‘प्रोटोन ई–मास७’ का लागि नयाँ फाइनान्स योजना सार्वजनिक गरेको छ ।

उक्त योजना अन्तर्गत अब ग्राहकले मात्रै ६० मिनेटभित्र फाइनान्स स्वीकृति पाउन सक्नेछन् र केवल ४.९९ प्रतिशत ब्याजदरमा सवारीसाधन किन्न सक्नेछन् । यो अभ्यास नेपालकै अटोमोबाइल क्षेत्रमा पहिलो पटक भएको कम्पनीले जनाएको छ ।

यस योजनाले विद्युतीय सवारीलाई अझ सहज, सुलभ र किफायती बनाउँदै प्रोटोन ई–मास७ को अपनत्वलाई जनस्तरसम्म पुर्‍याउने लक्ष्य लिएको छ ।

जगदम्बा मोटर्सले आफ्ना ग्राहक–प्रथम नीति अन्तर्गत यस्तो पहल ल्याएको हो, जसले समावेशी र दिगो मोटरिङ भविष्यतर्फ नेपाललाई अघि बढाउने विश्वास गरिएको छ ।

‘हामी नेपालमा विद्युतीय सवारीको अपनत्वलाई तीव्र बनाउन प्रतिबद्ध छौं, वित्तीय पहुँचको बाधा हटाउने र सवारी सुलभ बनाउने हाम्रो मुख्य उद्देश्य हो,’ जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले भने, ‘यस ६० मिनेटको फाइनान्स स्वीकृति योजना र ४.९९ प्रतिशत ब्याजदरले नेपाली उपभोक्ताहरूलाई सफा, सस्तो र सजिलो विद्युतीय सवारी रोज्न प्रेरणा दिने छ।’

प्रोटोन ई–मास७ ले पहिले नै आफ्नो प्रदर्शन, सुरक्षा र भविष्यमुखी डिजाइनका कारण लोकप्रियता कमाएको र यो नयाँ योजनासँगै यसको माग अझ बढ्ने अपेक्षा कम्पनीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?