
News Summary
Generated by OK AI. Editorially reviewed.- चितवनको इच्छाकामना गाउँपालिका–७ स्थित दाहाखानी भिउ रिसोर्टको स्विमिङ पुलमा २५ वर्षीय लोकेश महतोको मृत्यु ।
- महतो आफ्ना साथीहरूसँग गएका थिए र पुलबाट उद्धार गरी पुरानो मेडिकल कलेज ल्याइयो तर चिकित्सकले मृत घोषणा गरे ।
- प्रहरीले घटनाको अनुसन्धानका लागि साथीहरूलाई नियन्त्रणमा लिएको छ ।
७ जेठ, चितवन । चितवनको इच्छाकामना गाउँपालिका–७ स्थित दाहाखानी भिउ रिसोर्टको स्विमिङ पुलमा एक युवकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२२ का २५ वर्षीय लोकेश महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।
महतो आफ्ना १० जना साथीहरूसँग मगलबार साँझ ६ बजेतिर रिसोर्टमा गएका थिए । त्यहीँ खाजा खाइसकेपछि उनले स्विमिङ पूलमा नुहाउन गएका थिए ।
लामो समयसम्म नफर्किएपछि साथीहरूले खोज्दा स्विमिङ पुलको पानीमा तैरिरहेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
उनलाई उद्धार गरी राति साढे १२ बजे उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मुग्लिङबाट टोली खटिएको थियो।
प्रहरीले आवश्यक अनुसन्धानका लागि मृतक महतोसँगै गएका साथीहरुलाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनमा राखेर सोधपुछ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाबारे आफन्तलाई जानकारी गराएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।
नियन्त्रणमा लिइएका महतोका साथीहरु
१. सुमन थापा (२२), भरतपुर–२२
२. प्रविण घिमिरे (२६), भरतपुर–२२
३. आदेश सुबेदी (२६), भरतपुर–१३
४. आशिष शर्मा (२९), भरतपुर–१४
५. मेघलाल चुंडाल (५७), काठमाडौं-२२ जोरपाटी
६. दिपेश महत्तो (२६), भरतपुर–२२
७. शुबु खत्री (१९), भरतपुर–२२
८. नारायण बस्नेत (२६), सुन्दरबजार–१, लमजुङ
प्रतिक्रिया 4