
News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी विदेश विभागले अवैध आप्रवासनको आरोपमा भारतीय ट्राभल एजेन्सी र एजेन्टहरूलाई भिसा प्रतिबन्ध लगाएको छ।
- विज्ञप्तिमा प्रभावित व्यक्तिहरूको नाम र विवरण नदिइएको र प्रतिबन्धको कारण स्पष्ट गरिएको छैन।
- अमेरिकाले नयाँदिल्लीस्थित दूतावासले भारतीयहरूलाई भिसा अवधि नाघ्न नदिने चेतावनी पनि जारी गरेको थियो।
७ जेठ, काठमाडौं । अमेरिकाले भारतीय ट्राभल एजेन्सी र एजेन्टहरूलाई भिसा प्रतिबन्ध लगाएको छ । अवैध आप्रवासनलाई बढावा दिएको आरोपमा अमेरिकाले भिसा प्रतिबन्ध लगाएको हो ।
अमेरिकी विदेश विभागका प्रवक्ता ट्यामी ब्रुसले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यो अमेरिकी आप्रवासन कानुन र नीति लागू गर्न, कानुनको शासन कायम राख्न र अमेरिकीहरूको सुरक्षा गर्न महत्वपूर्ण छ ।’
विज्ञप्तिमा भिसा प्रतिबन्धबाट प्रभावित व्यक्तिहरूको जानकारी दिइएको छैन भने ट्राभल एजेन्सी र एजेन्टको विषयमा पनि उल्लेख गरिएको छैन ।
राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको आगमनसँगै अमेरिकाले अवैध आप्रवासी भन्दै गत फेब्रुअरीमा केही भारतीयहरूलाई देश निकाला गरेको थियो । उनीहरूलाई हतकडी र नेल लगाइएको अवस्थामा अमेरिकी विमानबाट भारत ओरालिएको तस्वीर सार्वजनिक भएका थिए ।
अमेरिकी विदेश विभागले विदेशी मानव तस्करीको नेटवर्क तोड्न यस्तो कदम उठाइएको दावी गरेको छ । विभागले आप्रवासन र राष्ट्रियतासम्बन्धी अधिनियमको धारा २१२ (ए) (३) (सी)अनुसार प्रतिबन्ध लगाएको हो ।
यसअघि नयाँदिल्लीस्थित अमेरिकी दूतावासले अमेरिका जाने भारतीयहरूलाई भिसा अवधिभन्दा बढी नबस्न पटकपटक चेतावनी जारी गरेको थियो । त्यस्ता भिसाबाहकलाई देश निकाला गरिने तथा स्थायी रूपमा प्रवेश प्रतिबन्ध लगाइने उसको चेतावनी थियो ।
प्रतिक्रिया 4