News Summary
Generated by OK AI. Editorially reviewed.- संसद्को सार्वजनिक लेखा समितिले पतञ्जली योगपीठको जग्गा सट्टापट्टामा भएको अनियमितताको अनुसन्धानका लागि अख्तियारलाई निर्देशन दिएको छ।
 - बिहीबार बसेको बैठकले विभिन्न निकायबाट संकलित फाइल अख्तियारमा पठाउने निर्णय गरेको हो।
 - सभापति ऋषिकेश पोखरेलले भने, ‘प्रतिवेदन थप अनुसन्धान र आवश्यक कारबाहीका लागि अख्तियार पठाउने निर्णय भएको हो।’
 
८ जेठ, काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिले पतञ्जलि योगपीठको जग्गा सट्टापट्टामा भएको अनियमितताको अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिने निर्णय गरेको छ ।
बिहीबार बसेको लेखा समितिको बैठकले विभिन्न निकायबाट संकलन भएका पतञ्जली सम्बन्धी फाइलबारे कुनै अध्ययन नै नगरी तिनलाई अख्तियारमा पठाउने निर्णय गरेको हो ।
सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले भने, ‘पतञ्जलीबारे लेखा समितिमा आएको उजुरीका आधारमा विभिन्न निकायहरुबाट सोधपुछ गरी विवरणहरु मगाएका थियौं । त्यससम्बन्धी प्रतिवेदन थप अनुसन्धान र आवश्यक कारबाहीका लागि अख्तियार पठाउने निर्णय भएको हो ।’
गतवर्ष संसद्को सार्वजनिक लेखा समितिले पतञ्जली योगपीठको जग्गा सट्टापट्टामा अनियमितता भएको भनी उजुरीको छानविनका क्रममा विभिन्न निकायहरूबाट विवरण र कागजात मगाउने निर्णय गरेको थियो ।
त्यसबारेमा थप कुनै अध्ययन र सोधपुछ नै नगरी लेखा समितिले फाइल अख्तियारमा पठाउने निर्णय गरेको हो । पतञ्जली योगपीठको जग्गा अनियमितताबारे अनुसन्धान गरिरहेको अख्तियारले अनुसन्धान सकिए पनि कुनै निर्णय नगरी निष्क्रियता देखाएको छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4