+
+
Shares

‘कुलिङ पिरियड’ हटाउन माग गर्दै असन्तुष्ट सचिवहरुले भेटे राष्ट्रियसभा अध्यक्ष

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ८ गते १५:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुख्यसचिव अर्याल र सचिवहरूले निजामती सेवा विधेयकमा रहेको 'कुलिङ पिडियड' व्यवस्था हटाउन माग गरे।
  • उनीहरूले राज्यव्यवस्था समितिले पारित भएको विधेयकको प्रतिवेदनप्रति चासो व्यक्त गरे र उक्त व्यवस्था हटाउन आग्रह गरे।
  • असन्तुष्ट सचिवहरूले सभामुखसँग पनि भेट गरेका थिए।

८ जेठ, काठमाडौं। निजामती सेवा विधेयकमा राखिएको ‘कुलिङ पिरियड’को व्यवस्था हटाउनुपर्ने माग राख्दै मुख्यसचिव एकनारायण अर्याल र अन्‍य सचिवहरुले राष्ट्रिय सभाका अध्यक्षसँग भेट गरेका छन् ।

मुख्यसचिव अर्यालयसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र अरु मन्त्रालयका सचिवहरुले बिहीबार दिँउसो राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग भेटेका हुन् ।

उनीहरुले राज्यव्यवस्था समितिबाट पारित भएको निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको व्यवस्थाप्रति आफूहरुको चासो रहेको र त्यो व्यवस्था हटाउनुपर्ने माग गरेका हुन् ।

उनीहरुले अरु क्षेत्रका मानिसहरुलाई त्यस्तो बन्देजात्मक व्यवस्था नभएको अवस्थामा निजामती कर्मचारीहरुलाई मात्रै कुलिङ पिरियडको व्यवस्था राख्न नहुने तर्क गरेका हुन् ।

आजै असन्तुष्ट सचिवहरुले सभामुख देवराज घिमिरेसँग पनि भेट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?