
News Summary
Generated by OK AI. Editorially reviewed.- संसदीय समितिले मनसुनजन्य विपद् जोखिम न्युनिकरण र तयारीका लागि निर्देशन दिएको छ।
- बैठकले आगलागी, भूकम्प, र मनसुनजन्य विपद् लगायत जोखिमहरूलाई मध्यनजर गर्दै तयारी गर्न निर्देशन दिएको हो।
- समितिले जोखिम व्यवस्थापनमा तहगत सरकार र अन्तरमन्त्रालयको समन्वय राख्न सुझाव दिएको छ।
८ जेठ, काठमाडौं । संसदीय समितिले समन्वयकारी भूमिका निर्वाह गर्दै मनसुनजन्य विपद् जोखिम न्यूनीकरण, विपद् प्रतिकार्यका लागि तयारी गर्न तीन तहकै सरकारलाई निर्देशन दिएको छ ।
बिहीबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले समन्वयकारी भुमिका निर्वाह गर्दै मनसुनजन्य विपद् जोखिम न्युनिकरण, विपद् प्रतिकार्यका लागि तयारी गर्न निर्देशन दिएको हो ।
समितिको तर्फबाट निर्देशन दिँदै सभापति सोनाम गेल्जेन शेर्पाले बैठकले आगलागी, भूकम्प, मनसुनजन्य विपद् लगायत भविष्यमा हुनसक्ने अन्य विपद् जोखिम न्युनीकरणका लागि तयारीमा रहन सम्बन्धित निकायलाई निर्देशन दिएको बताए ।
बैठकले जोखिम न्यूनीकरण, प्रतिकार्य र विपद् पूर्णलाभ कार्यहरु तहगत सरकार एवं अन्तरमन्त्रालय समन्वय तथा सहकार्य कायम राख्दै सामाजिक परिचालनमार्फत समेत विपद व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
प्रतिक्रिया 4